चितवन । राप्ती नगरपालिकामा पहिलोपटक आयोजित प्रथम राप्ती महोत्सवमा राप्ति महोत्सबमा गायक दुर्गेश थापाको प्रस्तुती हर्ने दर्शकको भिड उर्लीएको छ । केहि समय अघि मात्र हामी पनि नाच्नु पर्छ बिच्च बिच्चमा भनेर सुपरहिट गित गाएका दुर्गेशले ह्याप्पी तिहार, चिसो बियर गित गाएपछि केहि बिवादमा परेका थिए ।

उक्त गितको बिरुद्धमा प्रहरीमा उजुरी परेपछि उनि मंगलबार प्रहरी हिरासतमा परेका थिए तर पछि उनको गितलाई युट्युबाट हटाउन लगाएपछि प्रहरीले छाडेको थियो । । उनले आफ्ना चर्चित आधा दर्जन गीतहरु प्रस्तुत गरे । उनीसँगै गायिका साहिमा श्रेष्ठ तथा अन्य कलाकारहरुको प्रस्तुति रहेको थियो ।

महोत्सवमा बिहिबार आठौ दिन पनि दर्शकको उत्साहजनक सहभागिता रहेको थियो । महोत्सवको कृषि परिसर, विभिन्न व्यसायिक स्टलहरु, बाल उद्यान, जातजातिको घर लगायत साँस्कृतिक कार्यक्रममा दर्शकको भीड उल्लेख्य रहेको थियो । पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले बनाइएको सेल्फि जोन दर्शकहरुको बिशेष रोजाईमा परेका छन ।

साँस्कृतिक कार्यक्रमअन्तर्गत भोलि गायिका ज्योति मगर र हास्यकलाकार मनोज गजुरेलको प्रस्तृति रहनेछ । राप्ती नगरपालिका र राप्ती उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा आयोजित महोत्सवको कार्तिक ९ गते समापन गर्ने कार्यक्रम छ ।

विभिन्न २५० वटा स्टलहरु रहेको महोत्सवले स्थानीय स्तरमा उत्पादित बस्तुहरुको प्रवद्र्धन र नगरको पर्यटकिय बिकासमा मद्धत पुर्याउने बिश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया