महेश पाण्डे
चितवन । बाल मनोबिज्ञानलाई समेट्दै चितवनबाट चलचित्र ब्ल्याक बोर्डको घोषणा गरिएको छ । जसमा हास्य कलाकार सुलेमान शंखर ईकुको निर्देशन रहनेछ । भरतपुरको धावन रिक्रयशन सेन्टरमा चलचित्र युनिटले शुक्रबार पत्रकार सम्मेलन गर्दै चलचित्रको घोषणा गरेको हो ।

पहिलो पटक निर्देशकीय भुमिका देखिएका हास्य कलाकार सुलेमान शंकर (इकु)ले चलचित्र बाल मनोविज्ञानमा आधारित रहेर निर्माण गर्न लागिएकोले चलचित्रमा नेपाली समाजमा अभिभावकहरुले आफ्नो सन्तानहरुको हेरविचार गर्न नसक्दा उत्पन्न हुने असर र समाधानका उपायहरुको खोजी गरिने बताए ।

चलचित्र ब्ल्याकबोर्डमा सरोज खनाल, निर्मल शर्मा (गैंडा), सुलेमान शंकर (इकु), शिशिर भण्डारी, अशु न्यौपाने भेषराज गौतम साथै बाल कलाकार दिक्पाल गौतम, जेनिश थपलिया, रक्षा कंडेल लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

सम्मान इन्टरटेनमेन्ट र एस.एम.एस फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रमा अर्जुन सापकोटा र सर्वाणि पाण्डे प्रस्तुतकर्ता रहेका छन् । चलचित्र ब्ल्याकबोर्डको कथा किरण माईकल घिमिरे र सुदिप आत्रेय लेखेका हुन् भने क्रियटिभ हेडको जिम्मेवारी सशान कंडेलले सम्हालेका छन् । कंडेल पछिल्लो समयमा म्युजिक भिडीयो निर्माणमा चर्चीत नाम हो । चलचित्रमा किरण माइकल घिमिरे र सुदिप आत्रेयको कथा रहने छ भने किरण माइकल घिमीरेको संगित रहने छ ।

करिब ५० लाख भन्दा बढि खर्च हुने अनुमान गरिएको यो फिल्म हलसंगै च्यारिटी सो पनि गरिने क्रियटीभ हेड कंडेलले बताए । फिल्म निर्माण पश्चात यो फिल्मको पहिलो च्यारिटी हंङकंङमा गरिने निर्माण युनिटले जनाएको छ ।

जनक थपलिया र रविन लिवाङ कार्यकारी निर्माता रहेको चलचित्रमा सम्मान कंडेल, निरभिङण घिमिरे, सुरेश कंडेल र सरला पाण्डे निर्माता रहेका छन भने सह–निर्मातामा प्रकाश लामा, विशाल पौडेल र प्रियान्स कंडेल रहेका छन ।

१ महिनापछि छायांकन हुने चलचित्रको ९० प्रतिशत अंश चितवन÷नवलपरासीमा हुने र बाँकी १० प्रतिशत अंश काठमाडौँमा हुने निर्माण पक्षले जानकारी दिएको छ । सुरुआती समयमा विभिन्न शैक्षिक संस्था र विदेशमा च्यारिटी शो पश्चात चलचित्रमा हलहरुमा प्रदर्शन हुने निर्माण युनिटले बताएको छ ।

तपाईको प्रतिक्रिया