अनिता अर्याल,
चितवन ०८ कार्तिक । नेपाली काँग्रेसका महामन्त्री डा सशांक कोइरालाले उपनिर्वाचन काँग्रेसले जित्ने दावी गरेका छन । चितवनको खैरहनी नगरपालिकामा भएको उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै उनले उपनिर्वाचनमा सबै ठाउँमा काँग्रेस विजयी हुने दावी गरेका हुन ।
पछिल्लो समय चुनाव प्रतिको द्ष्टीकोण फेरिएको भन्दै उनले पहिलेको निर्वाचनमा के भयो त्यता नलागी अब कसरी अगाडी बढने भन्ने तर्फ सौच्न सवैलाई आग्रह गरे । चितवनमा हुन लागेको ३ वटा वडाको निर्बाचनमा सवैलाई बिजयी गराउनु पर्ने भन्दै उनले कहिले हसियाँ त कहिले हलोमा भोट हाल्यौ तर अहिले काँग्रेसले काग्रेसलाई भोट हाल्ले बेला आएको बताए । अबका दिनमा कसैसंग सम्झौता नहुने बताउदै उनले आफनै खुट्टामा उभिएरै जित्ने खुबी काँग्रेस सँग भएको प्रष्ट पारे ।
कम्युनिष्टहरुको सपना नै नभएको भन्दै उनले दुई तिहाईको दम्भ हुनेसंग देशको बारेमा कुनै सपना नभएको जिकीर गरे । काँग्रेसकै पालामा मोवाइल, बिश्वबिद्यालय ,मेडिकल कलेज खुलेको दाबी गदै उनले काँग्रेसले भोट माग्न सजिलो रहेको बताए । कार्यक्रममा केन्द्रीय सदस्य जीवन परियारले मंसिर १४ पछि बिजयी माला पहिरयाउन पाउनेमा ढुक्क हुन आग्रह गरे ।
उपनिर्बाचनका उम्मेदबार द्धय बडा न ४ का उमेदबार देब बहादुर बस्नेत र ५ की उम्मेदबार प्रतिमा कार्की बस्नेत दुबै सक्षम रहेको भन्दै उहाँले जित सुनिश्चित रहेको बताए । कार्यक्रमका जिल्ला सभापति जितनारायण श्रेष्ठले उम्मेदवार सर्वसम्मत हुनु भनेको आधा चुनाब जिते सरह भएको बताए । नेपाली कांग्रेसमा त्याग र समपर्ण बिपी र सुवर्ण समसेरको पालामा सिकेको कांग्रेसले अहिले पनि पदचाप पछयाएको बताए ।
कांग्रेसले पहिले पनि जितेको स्थान भएको प्रष्ट र्पार्दै उनले प्रतिनीधि २ जना मात्रै होईन सबै आफु उम्मेदवार सम्झिएर सहयोग गर्न आग्रह गरे । खैरहनी नगरपालिका उपसभापति भजनप्रसाद मुडबरीले स्वागत मन्तब्य राखेको कार्यक्रममा क्षेत्र न १ का सभापति राजु सिलवालले बडा नं ४ र ५ का उम्मेदवारको नाम घोषणा गर्दै उम्मेदबारलाई जिताउन सबै संग आग्रह गरे ।
कार्यक्रममा महासमिति सदस्य तथा क्षेत्र न १ का उमेदबार राजेन्द्र प्रशाद बुर्लाकोटी ,पुर्वराज्य मन्त्री एवम् माहासमिति सदस्य शेषनाथ अधिकारी ,निर्बतमान जिल्ला सभापति टेक प्रसाद गुरुङ, महासमिति सदस्य,वडा नं ५की अध्यक्षकी उम्मेदवार प्रतिमा कार्की बस्नेत,वडा नं ४ का उम्मेदवार देब बहादुर बस्नेत,वडा नं ५ का कार्यबाहक वडा अध्यक्ष शन्त कुमार चौधरी,क्षेत्र न १ का निर्बतमान सभापति कुमार कार्की लगायतले बोलेका थिए ।
कार्यक्रममा पुर्व मन्त्री साबित्री पाठक, पुर्व सांसद साबित्री चौधरी महासमिती सदस्य राजेस्वर खनाल,प्रकास अधिकारी,माहादिबेशन प्रतिनीधि गिता देबकोटा, गिरीजा प्रशाद कोइराला फाउन्डेसनका जिल्ला संयोजक कमल प्रशाद आचार्य,जिल्ला सचिब उत्तम जोशी,राजिब न्यौपाने, सह सचिब सुर्य अर्याल, प्रबक्ता निता ढकाल, महाधिवेशन प्रतिनिधि गिता देबकोटा, गिरीजा प्रशाद कोइराला फाउन्डेसनका जिल्ला संयोजक कमल प्रसाद आचार्य लगायत अतिथि रहेका थिए ।
२०६४ माघ ६ गते ४ र ५ का नेपाली कांग्रेसबाट निर्बाचित वडा अध्यक्ष बिश्व विजय बस्नेत र नरेन्द्र अधिकारीको कामकै सिलशिलामा भरतपुर बाट फर्कदै गर्दा दुर्घटनामा परी ज्यान गएको थियो । काँग्रेसले उपनिर्वाचनमा खैरहनी ५ बाट उम्मेदवार बनाएकी प्रतिमा कार्की बस्नेत स्वर्गीय विश्व विजय बस्नेतकी धर्मपत्नी हुन । खैरहनी नगरपालिकाका सभापति सशि खनियाको सभापतित्वमा भएको कार्यक्रम सचिब राजु सापकोटाले संचालन गरेका थिए ।
चितवनकाे खैरहनी वडा नं. ४ र ५ मा नेपाली कांग्रेसको उमेदवारि घाेषणा कार्यक्रम
Gepostet von Nepalikoaawaj.com-नेपालीको आवाज अनलाईन पत्रिका am Freitag, 25. Oktober 2019