महेश पाण्डे
चितवन । चितवनको सौरहामा रोटरी घण्टाघर (रोटरी क्लक टावर) बन्ने पक्का भएको छ । रोटरी क्लब अफ रत्ननगरले करिब २५ लाखको लागतमा रत्ननगर–७, सिसुवारमा रहेको खालि सार्वजनिक जग्गामा करिब ४० फिट अग्लो घण्टाघर निर्माण गर्ने आज (शनिवार) रत्ननगरमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

क्लबका अध्यक्ष बिपिन पोख्रलले रत्ननगर नगरपालिका वडा नं. ७ बाट नो अब्जेक्सन लेटर प्राप्त भईसकेको कारणले गर्दा घण्टाघर निर्माणको कार्य शुरुगर्न बाटो खुलेकाले कार्तीक १३ गते घण्टाघरको सिल्यान्यास गरिने जानकारी दिए ।


अध्यक्ष पोख्रेलले रोटरी घण्टाघरको उद्देश्य भनेको संसारभरबाट नेपालको तेस्रो चर्चीत गन्तब्य भनेर चिनीएको सौराहा घुम्न आउने लाखौं पर्यटकहरुको आकर्षण केन्द्रबिन्दु बनोस भन्ने सोच साथै करिब १२ लाख भन्दा बढि रोटरीयनहरु पनि भ्रमणको लागि आउने भएका कारण सबैसंग आत्मीएता साथै आकर्षण बढोस भन्नेनै रहेको बताए ।

यसैबिच आजनै
घण्टाघर निर्माणको एमओयु सम्झौता पनि गरिएको छ । अधिकारी निर्माण सेवाका सञ्चालक केदार अधिकारी तथा क्लबका सर्भीस पोजेक्ट चियरपर्सन जनक राज पौडेलले अस्ताक्षर गरि एमओयु सम्झौता गरिएको हो । जस अनुशार निर्माण कम्पनिले आगामी माघ मसान्त सम्म निर्माण सम्पन्न गर्नैपर्ने सर्त राखिएको छ ।
i
समाज सेवाको क्षेत्रमा अग्रेणी भुमिका खेल्दै सामाजिक संस्था रोटरी क्लब अफ रत्ननगरले चितवननको टिकौली नजिकै करिब ४० लाखको लगानिमा सार्वजनिक सौचालय निर्माण गरेर हस्तान्तरण गरि सकेको छ ।

तपाईको प्रतिक्रिया