महेश पाण्डे
चितवन । रत्ननगरमा रहेको जयमंगला बहुमुखी क्याम्पसको प्रथम क्याम्पस सभा तथा अधिवेशन आज (शनिवार) सम्पन्न भएको छ । २५ सदस्यिय रहने कार्यसमितिकोलागि अधिवेशनबाट १४ सदस्यीय कार्यसमिती सदस्य चयन गरिएको छ भने बांकी पदेन सदस्य रहने र त्यसैबाट अध्यक्ष चयन गर्ने जयमंगला बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अर्जुन पौडेलले नेपालीको आवाज डट कमलाई जानकारी दिए ।

संस्थाका जेष्ठ सदस्य कमल चन्द्र खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सांसद कञ्चन खनाल रहेकी थिईन ।

सोहि कार्यक्रमा रत्ननगर नगरपालिकाका सामाजिक बिकास समितीका संयोजक केशव आचार्य, नेपाली कांग्रेसका रत्ननगर नगर सभापति रुपन राज घिमीरे, नेकपा सह ईन्चार्ज ईश्वरी प्रसाद भट्टराई, नेपाल अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष शिवराम के.शी., निवर्तमान अध्यक्ष बिश्वनाथ खनाल, सहायक प्राचार्य धर्मराज चालीसे, संस्थापक क्याम्पस प्रमुख मेघनाथ दुवाडी लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा क्याम्पस प्रमुख अर्जुन पौडेले प्रगति प्रतिवेदन प्रस्तुत समेत प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया