चितवन । संस्कृति जोगाउन रत्ननगर नगरपालिका वडा नं १६ पिठुवामा शनिवार दैउसीभैलो प्रतियोगित गरिएको छ । वडा कार्यालयको सहयोगमा प्रगतिशिल वाल क्लवले टोल विकास स्तरीय दैउसीभैलो कार्यक्रम गरेको हो ।
प्रतियोगितामा जैवारी टोल विकास संस्था प्रथम,भद्रकाली टोल विकास संस्था द्धितीउ र दोबाटो टोल विकास संस्था तीतृय भएका थिए । प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष हेमराज थापाले संस्कृति जोगाउन वडा कार्यालयको परिसरमा देउसीभैलो कार्यक्रम आयोजना गरिएको बताए । तिहारको पहिचान नै दैउसीभैलो हो उनले भने यसलाई लोप हुन नदिन हामीले टोल विकास अन्तर्गत रहेका वाल क्लवहरु बीच प्रतियोगिता गराएका हौं ।
यसैबिच सो कार्यक्रममा पुर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष तथा चितवन पोष्टका पत्रकार होमनाथ सापकोटा तथा नेपालीको आवाज डट कमका पत्रकार महेश पाण्डेलाई नगद तथा प्रमाण पत्र सहित सम्मान गरिएको छ ।
आफ्नो कलम र आवाज मार्फत जनतालाई सुसुचित हुने अधिकार प्रत्याभुती दिलाउन सफल भएको ठानी सम्मान गरिएको आयोजकले बताएको छ ।
१५ वटा समुहको सहभागिता रहेको सो प्रतियोगिताको निर्णयकमा सन्तोष खनाल,शान्ता खत्री र नन्दराम गुरुङ रहेका थिए । क्लवका अध्यक्ष रिजन थापाको अध्यक्षतमा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रबक्ता राजेन्द्र हमाल,मेलमिलाप समितिका संयोजक रामचन्द्र दुवाडी,बाबुराम श्रेष्ठ,बद्रि अर्याल,पोषप्रसाद पोखरेल,सर्मिला लामिछाने,सन्तोष लामा लगायतले मन्तव्य राखेका थिए । क्लवका सचिव सजन न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष अन्जली सुयलले स्वागत मन्तव्य राखेकी थिइन ।