महेश पाण्डे
चितवन । भरतपुर क्यान्सर अस्पतालमा उपचारार्थ क्यान्सर पिडित बालबालिकाका लागि गायक बुद्धि सागर बस्यालले गित गाएका छन् । क्यान्सर रोगका कारणले गर्दा नेपालीहरुको दशैं पछिको ठुलो पर्व तिहारमा पनि घर जान नपाएका करिब ५० जना बालबालिकालाई गायक बस्यालले अस्पतालमै गएर करिब १ घण्टा आफ्ना एकल गितसंगै देउशी भैलो गित पनि गाएका थिए ।
बस्यालले नेपालीको आवाज डट कमसंग कुराकानी गर्दै भने “मैले जब यी क्यान्सर पिडित बालबालीका देखे तब तिहार जस्तो रमाईलो पर्वमा त यी साना बावु नानीहरुलाई पो रमाईलो चाहीन्छ भन्न् ठाने अनि यसरी अस्पतालको वार्ड अगाडीनै गाए, मलाई पिडासंगै साह्रै खुशी महशुस भैरहेको छ, म मिल्यो भने अझै पनि यिनीहरुको लागि केहि गर्ने प्रयास गर्नेछु ।” उनलाई साथ दिन नेपाल लोक स्टारमा टप १० मा पर्न सफल चितवनकी चेली मुना अर्याल पनि पुगेकी थिईन ।
अस्पतालका बाल क्यान्सर रोग शाखा प्रमुख समेत रहेका डां. कृष्ण सागर शर्माले कतिपय रोगहरु ठिक पार्न औषधी मात्र नभई बिरामीको आत्मबल पनि महत्वपुर्ण हुने भएकाले गायक बस्यालको प्रस्तुतीले उनिहरुलाई आत्मबल बढेको साथै खुशि मिलेको बताए । उनले बालबालिकामा क्यान्सर रोग लाग्ने समस्या बढिरहेकोले यो जेनेटिक रुपमा बढि भएतापनि स्वस्थ खानपिन र रहनसहनमा ध्यान दिन सके यो रोगलाई कम गर्न सकिने बताए । शर्माले बालबालीकामा देखिने क्यान्सर रोगको खर्च केहि महगाें पनि हुने भएकाले राज्य स्तरबाटनै यसमा लगानी गर्नुपर्ने कुरामा जोड दिए ।
गाएक बुद्धि सागर बस्यालका बुढेसकालैमा, थिरी थिरी बाबु, डाफे नांचेर, पञ्चे बाजाले, छोरा मैले भनेको मान, छमछम पाउजु, परेलिले लगाएतका चर्चीत गितहरु रहेका छन् । सो कार्यक्रममा नेपालीको आवाज डटकमका सिंगो टिमको पनि उपस्थिती रहेको थियो ।
भरतपुर क्यान्सर अस्पतालमा उपचारार्थ क्यान्सर पिडित बालबालिकाकाे मनाेरञ्जनार्थ लाेक तथा दाेहाेरि गायक बुद्धि सागर बस्यालकाे विशेष प्रस्तुती साथमा लाेक तारा टप टेनमा पर्न सफल गायिका मुना अर्याल पनिविशेष सहयाेगी: डा: कृष्ण सागर शर्मा
Gepostet von Nepalikoaawaj.com-नेपालीको आवाज अनलाईन पत्रिका am Sonntag, 27. Oktober 2019