चितवन: नारायणी नदीको पुलबाट आइतबार दुई जनाले हामफालेका छन् । हामफाल्ने मध्ये बाबाछोरा रहेको आशंका गरिएको चितवन प्रहरीले जनाएको छ ।
अन्दाजी ३० बर्षका पुरुष र ९ बर्षका बालक नदीमा एक साथ हामपालेको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुई जना मध्य एक जनाको शव आइतबार दिउँसो ४ बजेतिर एक जनाको शव फेला परेको छ । अर्का एक जनाको खोजी कार्य जारी रहेको छ ।
फेला परेकाको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल राखिएको छ ।
३० बर्षीय पुरुषको शव फेला परेको र बालक अझै वेपत्ता रहेको प्रहरीले जनाएको छ । उनीहरुको नाम, थर, वतन खुल्न नसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया