महेश पाण्डे
चितवन । चलचित्र “पोई पर्यो काले” हेर्ने दर्शकको संख्या बढ्दो क्रममा देखिएको छ । तिहारलाई लक्षित गरि प्रदर्शनमा आएको यस चलचित्र हेर्ने दर्शकको संख्या अन्य चलचित्र भन्दा चितवनमा बढिनै देखिएको हो ।

मंगलबार भाईटिकाको दिनमा पनि हलहरुमा दर्शकको उपस्थिती अन्य चलचित्र भन्दा बढिनै रहेको ईन्द्रदेब चलचित्र मन्दिरका म्यानेजर हरि रेग्मीले नेपालीको आवाज डटकमलाई जानकारी दिए । हामी पुग्दा दिसो ३ बजेको सो मा दर्शकको संख्या खचाखच थियो ।

उता क्युएफएक्स जलमामा पनि सो चलचित्र हाउसफुलनै रहेको थियो । यसरी दर्शकको उपस्थिती हुनु नेपालीको चलचित्रको लागि सुखद पक्ष भएको बताउदै थिए क्युएफएक्स जलमाका म्यानेजर बिकास पोख्रेल ।

जब ति सो हरुमा चलचित्रका नायक आकाश श्रेष्ठ पुगे तब दर्शकले तालि र सिठ्ठीले आकाशको स्वागत गरेका थिए । अझ आकाशको उपस्थिती पछि त झन दर्शकको उत्साह निकै बढेको देखिन्थ्यो ।

फिल्मको पर्दामा नायक आकाश श्रेष्ठलाई हेरि रहेको बेलामा आंखा अगाडीनै पाएपछि दर्शकको सेल्फि खिच्ने रहर बढेको थियो । जसले गर्दा ईन्द्रदेव हलमा ५ मिनेट फिल्म रोक्ननै परेको थियो भने जलमा हलमा भने भिडकै कारण गेट बाहिर निस्कनु परेको थियो ।
दर्शकको उत्साह देखेर निकै खुशी लागेको बताउदै थिए नायक आकाश श्रेष्ठ पनि ।

फिल्मको दर्शक प्रतिक्रिया निकै राम्रो आएको छ । नेपालीको आवाज डटकमका निर्देशक तथा पत्रकार बिपिन शर्मा आचार्य फिल्म हेरे पश्चात आफ्नो फेशबुकमा यस्तो लेखेका छन् ।

समग्रमा फिल्म आधा भाग पछिको निकै राम्रो भएको दर्शकको भनाई छ । फिल्ममा प्राविधीक हिसाबले केहि सुधार गर्नुपर्ने पक्ष रहेपनि फिल्म पैसा बसुल छ भन्दा फरक पर्दैन । यसरी नेपाली फिल्ममा दर्शकको उपस्थिती बाक्लो रहनु निकै सुखद पक्षको रुपमा लिनु पर्ने हुन्छ ।

चितवनकाे ईन्द्रदेव हलमा नेपाली चलचित्र "पाेई पर्याे काले" हेर्ने दर्शककाे भिड नायक अाकाश श्रेष्ठ घेरिए दर्शकलेMore Details: www.nepalikoaawaj.comYoutube: https://youtu.be/kpfMy6dwkOk

Gepostet von Nepalikoaawaj.com-नेपालीको आवाज अनलाईन पत्रिका am Dienstag, 29. Oktober 2019

चितवनकाे Qfx Jalma हलमा नेपाली चलचित्र "पाेई पर्याे काले" हेर्ने दर्शककाे भिड नायक अाकाश श्रेष्ठ घेरिए दर्शकलेMore Details: www.nepalikoaawaj.comYoutube: https://youtu.be/kpfMy6dwkOk

Gepostet von Nepalikoaawaj.com-नेपालीको आवाज अनलाईन पत्रिका am Dienstag, 29. Oktober 2019

तपाईको प्रतिक्रिया