महेश पाण्डे
चितवन । नेपालको तेस्रो पर्यटकीय गन्तव्य सौराहामा निर्माण गर्न लागिएको घण्टाघरको बुधवार शिलान्यास गरिएको छ । शिलान्याससंगै सौराहाको आर्षण थपिएको उपस्थित सबैले बताईरहेका थिए ।

घण्टाघर रोटरी क्लव अफ रत्ननगरले सौराहाको प्रवेशद्धार भनेर चिनीने रत्ननगर ७ सिसुवार चोकमा निर्माण गर्न लागेको हो । २५ लाखको लागतमा ४० फिट अग्लो घण्टाघर निर्माण गर्न लागिएको रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष विपिन पोखरेलले जानकारी दिए । तर सो रकम घण्टाघरमा प्रयोग हुने घडी र बगैचा बाहेकको हो जुन बनाउन पनि करिब ६ लाख भन्दा बढि खर्च हुने अनुमान गरिएको छ ।

उनले पर्यटकलाई राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा सौराहालाई चिनाउन सहयोगी हुने बिश्वास समेत ब्यक्त गरे । आगामी माघ मसान्त भित्र निर्माण सम्पन्न गरेर स्थानीय सरकारलाई हस्तान्तरण गरिने पोखरेलले वताए । सौराहाको पहिचानसंगै यहाँको पर्यटन प्रवद्र्धन गर्नका लागि घण्टाघर कोशेढुंगा सावित हुने उनको विश्वास छ । रोटरी क्लव सामाजिक क्षेत्रमा पहिचान स्थापित गर्दैछ क्लवका अध्यक्ष पोखरेलले भने – सौराहाको नयाँ पहिचान दिदै पर्यटन प्रवद्र्धन गर्न घण्टाघरले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।

सिसुवार चोकमा निर्माण गर्न लागिएको घण्टाघरको एक कार्यक्रमका बीच रोटरी डिष्ट्रिक गर्भनर किरणलाल श्रेष्ठले सिलान्यास गरे । सो अवसरमा रोटरी डिष्ट्रिक गर्भनर श्रेष्ठले समाजको आवश्यकता अनुसार स्थानीय सरकारसंग मिलेर रोटरी क्लव हातेमालो गर्न तयार रहेको वताए । रोटरीको आफ्नै इतिहास श्रेष्ठले भने “ रोटरी कसैलाई स्कुल पठाउन, घरबार बिहीनको घर बनाउन, समस्यामा परेकाको उपचार गर्न र समाजलाई सकारात्मक प्रभाव पार्ने काममा हामी सहकार्य गर्छौ । घण्टाघरमा घडी राख्नका लागि डिष्ट्रिकले रु १ लाख सहयोग गर्ने सो अवसरमा श्रेष्ठले वचन दिए ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले मौलिकता झल्कने गरि घण्टाघर निर्माण गर्न सुझाव दिए । उनले मौलिकता सहितको घण्टाघर निर्माण हुनसके आकर्षणको केन्द्र बन्ने कुरा ब्यक्त गरे ।
रत्ननगर नगरपालिकाका मेयर नारायण वनले समृद्ध नगर निर्माणमा रोटरीको भुमिका खेल्न सक्ने भन्दै त्यसका लागि नगरपालिकाले साझेदारीका काम गर्ने प्रतिवद्धता जनाए । मेयर वनले जग्गा उपलव्ध गराउने भन्दै वाटर किंगडमका लागि सयुक्त लगानी गर्न रोटरीलाई आग्रह गरे ।
रत्ननगर ७ का वडाध्यक्ष लालवहादुर भट्टले स्थानीयले घण्टाघर निर्माणमा गरेको देखाएको सदासयताप्रति धन्यवाद दिदै सभाहल निर्माणमा पनि सहयोग गर्न आग्रह गरे ।

रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष विपिन पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा रोटरीका पूर्व डिष्ट्रिक गर्भनरहरु रविन्द्रकुमार पिया,संजय गिरी,डिष्ट्रिक पूर्व टे«नर जितेन्द्रराजज भण्डारी,रोटरी क्लव अफ रत्ननगरका संस्थापक अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ,समाजसेवी सजना महतो,प्याराडाईज युवा क्लवका अध्यक्ष मथुरा चौधरी,क्लवका पूर्व अध्यक्षहरु जगन्नाथ अधिकारी,सुरेन्द्रनाथ रेग्मी लगायतले मन्तव्य राखेका थिए । रोटरी क्लव अफ रत्ननगरले यसअघि रत्ननगर उद्योग वाणिज्य संघमा पुस्तकालय निर्माण,रत्ननगर अस्पतालमा डायलायसिस मेसिन सहयोग,एकिकृत रोटरी नमुना वस्ती निर्माण,टिकौलीमा सार्वजनिक शौचालय निर्माण गरिसकेको छ ।

तपाईको प्रतिक्रिया