
महेश पाण्डे
चितवन । चाउमिन उत्पादकहरुले उपभोक्तहरुको स्वास्थ्यमा खेलवाड गर्ने गरेको पार्ईएको छ । जिब्रोको स्वादका कारणले गर्दा अहिले मानीसको दैनिक उपभोग्य बस्तुनै चाउमिन र मम बनि सकेको छ । तर यसैको फाईदा उठाउदै चाउमिन उत्पादक कम्पनिले उत्पादन मिति र समाप्ती मिति समेत नराखी मात्र ब्यापारीक फाईदाकालागि चाउमिन उत्पादन गरि बिक्रि बितरण गरिरहेको पाईएको हो ।
हामीले बजारमा चाउमिन भनेर बेचिरहने कम्पनीहरुको बारेमा बुझ्दा धेरै कम्पनिले साधारण प्याकेटमा चाउमीन बेचिरहेका थिए भने खैरहनी–४, चैनपुर, चितवनमा रहेको पूर्वी चितवन नुडल्स प्रा.लि.ले फ्रेस चाउमिन नाम राखेर चाउमिन बेचेको भएता पनि त्यसमा उत्पादन मिति र समाप्ति मिति समेत नभएको पाईएको हो । यसबाट प्रष्ट हुन्छ की चाउमिन उद्योगहरु मानवीय स्वास्थ्यमा कति सम्म खेलवाड गरिरहेका छन् भन्ने कुरा ।
यस बिषयमा हामीले रत्ननगर नगरपालीकाकी अनुगमन तथा नगर नगर उप–प्रमुख बिमला दुवाडीलाई सोध्दा उनले भनिन “चाउमिन उत्पादन गरिरहदा त्यसमा उत्पादन र समाप्ति मिति नराख्नु भनेको उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्नुनै हो, अहिले स्थानिय तह बनेपछि अनुगमन समितिको संयोजक पनि म आफै भएकोले यस्तो उद्योगलाई हामी पक्कै कारर्वाही गर्ने छौ ।” अनुगमन तथा नगर नगर उप–प्रमुख दुवाडीले हालका दिनमा रत्ननगरमा पनि केहि चाउमिन उत्पादन गर्ने ब्यक्तिहरुले बिना दर्ता र बिना लेभल टांस गरि पनि कारोबार गरिरहेको सुनेकोले अब तत्काल बजार अनुगमन हुने र त्यस्तो भेटिए हदैसम्मको कारर्वाही गरिने जानकारी दिईन ।
अनुगमन अल्लि ढिला भएको भन्ने प्रश्नमा उनले भनिन “त्यस्तो होईन, हामीले हाम्रो तर्फबाट गर्ने काम गरिरहेका छौ, बजारमा के के कुराहरुको समस्या देखिरहेको छ त्यसको सुक्ष्मरुपमा पनि अध्ययन गरिरहेका छौ, यस बिषयमा नगरपालिकाले एउटा कार्यबिधीनै बनाएर अगाडी बढ्ने सोच बनाएको कारणले गर्दा त्यस्तो देखिएतापनि हामी उपभोक्ता ठग्ने, स्वास्थ्य माथिनै खेलवाड गर्ने जो कोहीलाई पनि कानुनी दायरमा ल्याई सजायको भागेदार बनाउछौ तपाई ढुक्क हुनुस ।”
अहिले मानिसले दाल भात तरकारीकै रपमा चाउमिनलाई प्रयोग गरिरहदा कहिले उत्पादन भएको हो र समाप्ति मिति कहिले हो भन्ने नलेखिदा यसले ब्यापार गर्ने मानिसहरुमा मानवियता समेत गुमेको भान भएको तर्क गर्छन उपभोक्ता संरक्षण मञ्चका संयोजक प्रेमनाथ दुवाडी ।
उनले कानुनलेनै यस्तो कार्य गर्नेलाई दण्डित गर्ने भएकाले यस्ता कार्य नगर्न र जसले चाउमिन उत्पादकहरुबाट चाउमिन खरिद गरिरहेका छन् अझ बिशेषगरि होटल सञ्चालकहरु यस बिषयमा चनाखो हुनुपर्ने कुरामा जोड दिए ।
के छ त कानुनमा ?
उपभोक्ता संरक्षण ऐन, २०७५
उपभोक्ता संरक्षण ऐन, २०७५
प्रमाणीकरण मिति (२०७५।६।२
संशोधन गर्ने ऐन
नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ (२०७५।११।१९
संवत् २०७५ सालको ऐन नम्बर १०
उपभोक्ता संरक्षण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन
प्रस्तावनाः गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारको संरक्षण तथा सम्वर्द्धन गर्न, उपभोक्तालाई प्राप्त हकको प्रचलनका लागि न्यायिक उपचार प्रदान गर्न र उपभोक्तालाई हुन सक्ने हानि, नोक्सानी बापत क्षतिपूर्ति उपलब्ध गराउन उपभोक्ता संरक्षण सम्बन्धी कानूनी व्यवस्थालाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले,
सङ्घीय संसदले यो ऐन बनाएको छ।
परिच्छेद-8 कसुर र सजाय सम्बन्धी व्यवस्था
उपभोक्ता संरक्षण ऐन, २०७५
९७० पुनरावलोकनको लागि निवेदन गर्दा निरीक्षण अधिकृतले गरेको जरिबानाको पचास प्रतिशत नगदै धरौटी दाखिला गर्नु पर्नेछ।
९८० पुनरावलोकनको लागि परेको निवेदन उपर विभागको महानिर्देशकले गरेको निर्णय अन्तिम हुनेछ।
९९० निरीक्षण अधिकृतले तत्काल जरिबाना गर्ने सम्बन्धमा अपनाउनु पर्ने अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ।
४०। सजायः ९१० कसैले यस ऐन अन्तर्गत कसुर मानिने देहायको कुनै काम गरे वा गराएमा कसुरको मात्रा हेरी विभागको महानिर्देशकले देहाय बमोजिम सजाय गर्न सक्नेछः–
९क० दफा ३८ को खण्ड ९क० र ९ग० बमोजिमको कसुर गरे वा गराएमा तीन महिनादेखि छ महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुबै सजाय,
९ख० दफा ३८ को खण्ड ९झ० बमोजिमको कसुर गरेमा तीन महिनादेखि एक वर्षसम्म कैद वा एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना वा दुबै सजाय,
९ग० दफा ३८ को खण्ड ९ञ० र ९ठ० बमोजिमको कसूर गरेमा तीन महिनादेखि छ महिनासम्म कैद वा पचास हजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय ।
९२० उपदफा ९१० बमोजिम विभागको महानिर्देशकले गरेको निर्णय उपर चित्त नबुझ्ने पक्षले पैँतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछ।
९३० देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजाय हुनेछः–
९क० दफा ३८ को खण्ड ९ख० बमोजिमको कसुर गर्ने वा गराउनेलाई दुई बर्षदेखि तीन वर्षसम्म कैद वा तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय,
९ख० दफा ३८ को खण्ड ९च० बमोजिमको कसुर गर्ने वा गराउनेलाई दुई बर्षदेखि पाँच वर्षसम्म कैद वा चार लाखदेखि छ लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय,
९ग० दफा ३८ को खण्ड ९छ० बमोजिमको कसुर गर्ने वा गराउनेलाई दुई बर्षदेखि तीन वर्षसम्म कैद वा तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय ।
९द्ध० उपदफा ९१० वा उपदफा ९३० बमोजिमका काम बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत अन्य कुनै काम कारबाही गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।