भिडियो रिपोर्टिङ गरेका पत्रकार संतोष देउजा अन्तत: रिहा भएका छन् । कपुरबोट मिडिया प्रा.ली.द्धारा सञ्चालित कपुरबोट यूट्यूब च्यानलका प्रवन्धक देउजा धरौटीमा रिहा भएका हुन् ।
आज काठमाण्डौं जिल्ला अदालतका न्यायधिश कमलप्रसाद पोखरेलको एकल ईजलासबाट २५ हजार धरौटीमा रिहा भएका हुन् । पत्रकार देउजाको पक्षमा चर्चित अधिवक्ता स्वागत नेपाल र अधिवक्ता पूर्णप्रसाद चिमरियाले बहस गरेका थिए भने विपक्षीको तर्फबाट सरकारी वकिल निरञ्जन स्थापितले बहस गरेका थिए ।
डाक्टर दाम्पती निलम–राजेशको विषयमा भिडियो अन्र्तवार्ताको विषयलाई लिएर नेपाल प्रहरीको साईबर ब्युरोमा डा. निलम साह र निरञ्जन प्रसाद साहले पत्रकार देउजा विरुद्ध मुद्दा दर्ता गराएका थिए । साईबर क्राईम मुद्दा दर्ताभए पनि हिरासत नै नबसि उनी आज अदालतमा हाजिर भएका थिए ।
अदालतबाट आज नै थुनछेक बहस भई देउजा तारिकमा रिहा भएका हुन् । अधिवक्ता स्वागत नेपालले पत्रकार देउजाको रिहाई सबै सञ्चारकर्मीको जीत भएको प्रतिकृया दिएका छन् । सत्य तथ्य सञ्चार सामाग्री सञ्चारमाध्यममा प्रशारण गरेकौ कारण राज्यद्धारा साईबर क्राईममा झुठा मुद्दा चलाउने कार्य रोकिनुपर्ने समेत बताएका छन् ।
यसै बिच रिहा भएपछि पत्रकार देउजाले यस्ताे स्टाटस लेखेका छन् ।