महेश पाण्डे
चितवन । चितवन रत्ननगर–१३ मा अवस्थित स्वागत बचत तथा ऋण सहकारी संस्था लिं. को ११ औं वार्षिक साधरण सभा तथा पांचौ अधिवेशनबाट गोकुल प्रसाद भट्टको नेतृत्वमा ९ सदस्यीय कार्य समिति गठन भएको छ । शनिवार रत्ननगरमा भएको अधिवेशनबाट संस्थाको सचिवको रुपमा कार्यभार समालिरहेका गोकुल भट्ट संस्थाको अध्यक्ष पदमा निर्विरोध ४ वर्षको लागि चयन भएका हुन ।
सोही साधारण सभाबाट संस्थाको उपाध्यक्षमामा मोहन प्रसाद भट्टराई, सचिवमा रामचन्द्र दुवाडी, कोषाध्यक्षमा हरिहर रेग्मी, सह–सचिवमा उमेश कोईराला, सदस्यहरुमा क्रमशः राधा भट्ट, नारायण प्रसाद कट्टेल, किशोर बगाले र ईश्वर घिमीरे सर्वसम्मत रुपमा कार्य समितिमा चयन भएका छन् । त्यस्तै लेखा समिति संयोजकमा नविन आचार्य, सदस्यहरुमा क्रमशः राजन गोतामे, रामबाबु श्रेष्ठ निर्विरोध चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सांसद कृष्ण खनालले सहकारीमा धेरै पक्षहरु हुने भएकाले र सहकारीहरु एउटै वडामा पनि धेरै रहेकाले अब एकिकरणको बिकल्प नभएको बताए । खनालले स्वागत बचतले एकिकरणमा जाने सोच ल्याएकोमा धन्यवाद दिदै अबका दिनहरुमा सहकारीहरु अल्लि ब्यवसायीक पनि हुनुपर्ने कुरामा जोड दिए ।
सो कार्यक्रममा एस.ई.ई र प्लस टुमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान, ८० वर्ष नाघेका बृद्धबृद्धालाई सम्मान, उत्कृष्ट बचत तथा ऋण कर्तालाई सम्मान, तथा पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।
सो सम्मान ग्रहण गरेका संस्थाका पुर्व अध्यक्ष अर्जुन पौडेलले संस्थाले पुर्व अध्यक्षहरुलाई सम्मान गरेकोमा खुसि समेत ब्यक्त गरे ।
कार्यक्रम संस्थाका अध्यक्ष नोद नाथ लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।