सौराहाको पपसाईडमा मनपरी रेट, पर्यटन वर्ष २०२० नजिकिदै गर्दा के जाला सन्देश ?

महेश पाण्डे
चितवन । सौराहाको पपसाईडका मनपरि रेट लिदै आईरहेको पाईएको छ । यसको प्रमाण हो उनिहरुको मेन्यु । जुन मेन्यु हेर्यो भने सबै प्रष्ट हुने खालको छ ।

समग्रमा देशको तेस्रो पर्यटकीय गन्तब्यको रुपमा चिनीएको सौराहाका बसाई निकै महङ्गो मात्र नभएर मनपरि दरमा कारोबार भएमा पर्यटन वर्ष २०२० नजिकिदै गर्दा पक्कै पनि सकारात्मक सन्देश जानेचाही पक्कै देखिदैन । यस बिषयमा सौराहाका ब्यवसायीले बेलैमा सोच्नै पर्छ की ?
सौराहा आसपासका होटलहरुमा १५ देखी २० रुपैया पर्ने उसिनेको अण्डा पप साईडमा भने १२० रुपैया पर्छ । अझ त्यसमा १० प्रतिशत सर्भिस चार्ज जोड्दा अझै बढ्छ । यसबाट पनि पप साईडमा लुटतन्त्र छ भन्ने कुरा प्रष्ट हुन्छ ।

यहि कारणले गर्दा अहिले पपसाईडमा जाने पर्यटकहरु एक पटक गएर त्यहाको रेटमा खानेकुरा खाएपछि पुन जान डराउने गरेको त्यहिका एक होटल ब्यवसायीले बताए । यसबाट गलत सन्देश गएको उनको भनाई छ ।

हामीले यही बिषयमा रेष्टुरेन्ट एण्ड बार एसोसीएस (रेवान) सौराहाका कार्यबाहक अध्यक्ष नरेश गिरीलाई किन पप साईडमा यती धरै महङगो ? भन्ने प्रश्न गर्दा उनले भने “सौराहाका पपसाईडका होटलहरुमा ब्यवस्थापननै त्यस्तो खालको छ, करिब ३०, ४० जना स्टाफ राखेर काम गर्नु पर्ने अवस्था, बिजुली खानेपानी आदिले गर्दा अल्लि पैसा लिनुपर्ने बाध्यता त छ छदैछ तैपनि त्यहा केहि महङ्गो होकि भन्ने लागेको पनि छ त्यसैले यसलाई समायोजन गर्न हामी लागि परेका छौ ।”

होटल एसोसियसन अफ नेपाल, सौराहाका अध्यक्ष दिपक भट्टराईलाई पनि यही प्रश्न गर्दा उनले भने “हामीले पनि केहि ब्यवसायीले त्यसरी मनोमानी ढङ्गबाट रेट लगाएको पाएका छौ त्यसको अनुगमन हुनुपर्छ, यसलाई रेवानलेनै हेर्नुपर्छ ।” उनले हामीले पप साईडका होटलहरुको मेनुको बारेमा जानकारी दिदा आफु आजै गएर बुझ्ने जानकारी दिए ।

उता रत्ननगरमा अनुगमन हेर्ने रत्ननगर नगरपालिकाकी उप मेयर तथा अनुगमन प्रमुख बिमला देबी दुवाडीले आफुले कोही कोहीबाट सौराहाका होटलहरु त्यसमा पनि पपसाईड महङ्गो भएको गुनासो सुनेको भएतापनि नेपालीको आवाज डटकमबाट प्राप्त प्रमाणले आफुलाई त्यो कुरा सत्य लागेको बताउदै अब तत्कालै यसको बारेमा बुझेर एक्सनमा जाने जानकारी दिईन ।

उनले भनिन “अब म चाडैनै रेवान र हानका अध्यक्षलाई बोलाएर यो बिसयमा कुरा गर्छु, जुन मैले पहिले देखिनै सोच बनाएको बिषय पनि हो, अझ महत्वपुर्णकुरा त यसरी केहि ब्यवसायीका कारण सिंगो सौराहा महङ्गो भएको सन्देश गएमा निकै घातक हुन्छ, पर्यटन वर्ष २०२० लाईनै प्रभाव पार्छ त्यसैले म यसको लागि अब लागि पर्छु ।” उनले सौराहामा खाद्यान्न, मुल्य र करको बिषयमा निकै गहन हुनुपर्ने बेला आएकोले यो बिषय ल्याएकोमा नेपालीको आवाज डटकमलाई धन्यवाद पनि दिईन ।
समग्रमा देशको तेस्रो पर्यटकीय गन्तब्यको रुपमा चिनीएको सौराहाका बसाई निकै महङ्गो मात्र नभएर मनपरि दरमा कारोबार भएमा पर्यटन वर्ष २०२० नजिकिदै गर्दा पक्कै पनि सकारात्मक सन्देश जानेचाही पक्कै देखिदैन । यस बिषयमा सौराहाका ब्यवसायीले बेलैमा सोच्नै पर्छ की ?

Facebook Comments