महालक्ष्मी बिकास बैंकले गर्यो बिद्यालयलाई सहयोग

महेश पाण्डे
चितवन । महालक्ष्मी बिकास बैंकले रत्ननगरमा रहेको बिद्यालयलाई सहयोग गरेको छ । रत्ननगर–१ मा रहेको बकुलहर माध्यामीक बिद्यालयलाई बिहिबार शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरिएको हो ।

बैंकले निर्वाह गर्नुपर्ने सामाजिक उत्तरदायीत्व अन्र्तगत यसरी सहयोग गरिएको महालक्ष्मी बिकास बैंक, टाँडी शाखा प्रमुख श्यामबाबु तिमल्सिनाले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले यसरी सहयोग गर्नपाउनु बैंकको लागि निकै गौरबको कुरा पनि भएकोले आगामी दिनमा पनि यस्ता सहयोग गरिरहने प्रतिबद्धता पनि ब्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालीका वडा नं. १ का वडा अध्यक्ष तथा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शंकर सिं तमाङले बैंकले गरेको सहयोगको लागि धन्यवाद दिदै बकुलहर मा.वि.ले आफ्नै छुट्टै महत्व पनि रहेकोले र बिध्यालयमा अध्ययनरत बिद्यार्थीहरु निकै गरिब समुदायबाट पनि भएको र स्कुललाई पनि खेलकुद लगाएतका सामाग्री आवश्यक देखिएको बेलामा यसरी सहयोग आउनु सकारात्मक र खुशिको कुरा भएको बताउदै आगामी दिनमा पनि यस्तै सहयोग जारीरहनेमा आफु बिश्वस्त रहेकोे बताए ।

कार्यक्रममा बिद्यालयकी प्रअ कमला न्यौपाने, टोलका अध्यक्ष बाबुराम गौतम, वडा सदस्य शालिकराम पराजुली लगाएतको उपस्थिती रहेको थियो ।

Facebook Comments