महेश पाण्डे
चितवन । चर्चीत गायक बुद्धि सागर बस्यालको गित “दुलहीको माया” मा मोडल दुर्गेश थापाले अभिनय गरेका छन् । चितवनको पदमपुरमा शुक्रबार छायाकंन गरिएको लोक दोहोरी गित “दुलहीको माया” गितमा अहिलेका चर्चीत गायक तथा मोडल दुर्गेश थापा र नव कलाकार रिक्कु कार्कीको अभिनय हेर्न पाईने भएको हो । एक नारायण भण्डारीको शब्द बुद्धि सागर बस्याल र देबि घर्तीको आवाजमा रहेको निकै मार्मीक र समय सापक्ष गित “दुलहीको माया” को म्युजिक भिडीयोमा अहिलेका चलन चल्तीका निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् ।

गायक बस्याल लोक दोहोरी क्षेत्रलाई अहिलेको अवस्थामा ल्याउने महत्वपुर्ण लोक गायक मानिन्छन । उनले गाएका तथा बजारमा ल्याएका सबै जसो गितहरु जनमानसको मुखमा अहिले पनि झुण्डीरहेका छन् । जसमा बाजेका पालामा, डाँफे नाचेर, थिरी थिरी बाबु, बुढेसकालैमा, पञ्चे बाजाले, छोरा मैले भनेको मान, मुरलीको धुन, परेलिले लगाएतका रहेका छन् ।

गायक बस्याल हाल क्यानडामा बस्ने गर्छन । उनलाई धेरै पछि तपाईको नया लोक दोहोरी गित सुन्न पाईने भयो भन्ने नेपालीको आवाज डटकमको प्रश्नमा उनले भने “मैले गितहरु गाईनै राखेको छु, तर लोक गितको हिसाबले अल्लि कम देखिएकै हो, तर लोक दोहोरी गितहरु सुनिरहदा पुराना र अहिलेका धेरैनै भिन्न महशुस भयो, त्यसैले बास्तबिक लोक गित अब गाउने पर्छ भनेर ६ महिना अगाडिनै गित रेकर्ड गरेको थिए म्युजिक भिडीयो चाही अहिले बनाउने बल्ल समय मिल्यो, आशा छ यो गित बजारमा सार्वजनिक भएपछि एक पटक फेरि बास्तबिक लोक गित केहो भन्ने माहोल बन्नेछ ।”

गायक शर्माले गितको छायाकंन काठमाण्डौमा गर्दा आर्थीक तथा अन्य हिसाबले सस्तो पर्ने भएतापनि चितवन धार्मीक, पर्यटकीय र सास्कृतीक हिसाबले निकै महत्वपुर्ण रहेकाले यसलाई राष्ट्रिय रुपमा मात्र नभै अन्तराष्ट्रिय स्तरमा पनि चिनाउने सोच अनुरुप चितवनमानै छायाकंन गरिएको जानकारी दिए ।

म्युजिक भिडीयोका निर्देशक प्रकाश भट्टलाई पनि हामीले तपाईले “दुलहीको माया”लाई कसरी निर्देशन गर्नु भएको छ र गायक बुद्धि सागर बस्यालसंग किन जोडिनु भयो भन्ने प्रश्न गर्दा उनले भने “म गायक बुद्धि सागर बस्यालज्युसंग पुन जोडिन पाउदा निकै खुशी छु, मैले पहिला पनि उहाँसंग काम गरिसकेको छु, त्यसोत उहाका पहिलाका सबै गितबाट म निकै प्रभावीत छु र यो गितमा पनि मलाई बिश्वास गर्नुभएको छ, त्यसलाई सार्थक बनाउनको लागि पुर्ण तया गाउले परिवेशमा एउटा केटा बिहे गरेर बिदेश गएपछि उसलाई दुलहीको माया लागेपछि ६ महिनामा घर फर्किदा कस्तो माहोल हुन्छ त्यसलाई कलात्मक ढङ्गबाट पस्किने प्रयास गरेको छु आशा छ दर्शकलाई मन पर्नेछ ।”

गितमा अभिनय गरेका अहिलेका ब्यस्त गायक तथा नायक दुर्गेश थापाले गायक बस्यालको गितमा अभिनय गर्न पाउदा निकै खुशि लागेको बताए । उनले आफु बुद्धि सागर बस्यालका गितहरु सुनेरनै हुर्कीएको बताउदै आफुलाई यो गितमा अभिनय गर्न आग्रह गर्नुभएकोमा धन्यवाद पनि ब्यक्त गरे । उनले गितमा आफुले सके सम्मको प्रयास गरेको बताउदै भिडीयो सार्वजनिक भएपछि सबैलाई पनपर्ने बिश्वास पनि ब्यक्त गरे ।

गितको छायाकंन चितवन पदमपुर निवासी शुरज पौडेलको घरमा गरिएको थियो । पौडेल चितवनमा रहेको राईट पाथ करियर काउन्सेलिङ्गका चितवन प्रमुख समेत हुन । उनले गायक बस्यालको गित पदमपुर बासीको गाउठाँउमा छायाकंन हुनु सिङ्गो पदमपुरबासीका लागि गौरबको कुरा भएको बताउदै यस गित सार्वजनिक भएपछि आगामी दिनमा पदमपुरमा पनि गित तथा फिल्महरुको छायाकंन गर्ने ठाउ रहेछ भन्ने सन्देश जाने बताए ।

गितको पदमपुर, रत्ननगर जिरौनामा रहेको धर्मधाम तथा देवघाटमा छायाकंन गरिएको छ । गायक बस्यालको गित “दुलहीको माया”लाई नेपालीको आवाज डटकमको टिमको तर्फबाट पनि अग्रीम सफलताको शुभकामना ।

तपाईको प्रतिक्रिया