
महेश पाण्डे
चितवन । रोटरी क्लब अफ रत्ननगरले एसईईमा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई सम्मान गरेको छ । शनिवार क्लबको ९२३ औ. नियमीत बैठकमा पूर्वी चितवनमा यसवर्ष एसईईमा उत्कृष्ट अंक ल्याउने सामुदायीक तथा संस्थागत बिद्यालयका १४ जना बिद्यार्थीलाई सम्मान गरेको क्लबका अध्यक्ष बिपीन पोख्रेलले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले बिद्याथीहरुको मनोभावना पनि बढ्ने र उत्कृष्ट अंक ल्याएर पूर्वी चितवनकोनै नाम उच्च राखेकाले पनि संस्थाको वार्षीक कार्यक्रम अन्र्तगत बिद्यार्थीहरुलाई सम्मान गरिएको बताए ।
सम्मान प्राप्त गर्ने बिद्यार्थीहरुमा सामुदायीक बिद्यालय तर्फ जन जागृती माध्यामीक बिद्यालयका समिर ढकाल (३.९५ जिपिए), सिजन पन्त (३.९५ जिपीए), संस्थागत (निजि) बिद्यालय तर्फ एन्जलर्स वल्र्ड स्कुलका होमनाथ पौडेल (४ जिपीए), सजेस रेग्मी (४ जिपीए), एकता शिसु निकेतनका आशिष पौडेल (४ जिपीए), केतन पौडेल (४ जिपीए), स्काई राईडर आवासीय मा.विका हिमाल रानाभाट ( ४ जिपीए), बिश्वास पौडेल (३.९५ जिपीए) र निरिका लामिछाने (३.९५ जिपीए) , सगरमाथा आवासीय मा.बि.का एमु थापा मगर (३.९५ जिपीए), लिटिल स्टार आ.वा.मीका समिर अधिकारी (३.९५ जिपीए), मोर्डन ईग्लिस स्कुलका उल्लास प्रसाई (३.९५ जिपीए), सिद्धि बिनायक आ.मा.विका अनुप भट्टराई (३.९५ जिपीए), पञ्चकन्या बिद्या मन्दिरका सिम्रन कुंवर (४ जिपीए), आयुस मिश्र (३.९५ जिपीए) रहेका छन् ।
कार्यक्रममा डिस्ट्रिक अवार्ड कमिटी चियर पर्सन लुगल बैद्य, जोन २३ का एसिस्टेन गभर्नर चन्द्रमान श्रेष्ठ, जोन २२ का एसिस्टेन गभर्नर अनिल थपलिया, धुलिखेल रोटरीका पुर्व अध्यक्ष अशोक श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो । सोहि कार्यक्रममा क्लबले गरेको रक्तदान कार्यक्रममा ४०५ जना रक्तदाता बनाउन बिशेष सहयोग पुर्याउनुहुने निशान दाहाललाई धन्यवाद सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।