
महेश पाण्डे
चितवन । भारतले आफ्नो नक्सामा नेपाली भूमि समेटेर नेपाली भुमिनै हडप्न खोजेको भन्दै त्यसको विरोधमा चितवनका युवाहरु अर्धनग्न भएर सडकमा उत्रिएका छन् । जब उनिहरु अर्धनग्न भएर सडकमा उत्रिए सो दृश्य थियो राष्ट्रिय युवा संघ नेपाल तथा अनेरा स्ववियु रत्ननगरले शनिवार रत्ननगरमा आयोजना गरेको अर्धनग्न जुलुसको । जसको सह–आयोजक युनिक युथ क्लब, गौतम बुद्ध युवा क्लब, सिरदेवी युवा क्लब तथा युवा समाज रत्ननगर रहेका थिए ।
हुन त शनिबार चितवनमा सत्तारुण तथा विपक्षी दल सम्बद्ध युवाहरुले अलग अलग स्थानमा भारतीय ठाडो हस्तक्षेपको बिरुद्धमा प्रदर्शन गरिरहेका थिए ।
‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो गो ब्याक इण्डिया, भारतिय बिस्तारवाद मुर्दावाद, सीमा अतिक्रमण बन्द गर’ लगाएतको नारा लगाएर तथा प्लेकार्ड र ब्यानर बोकेर युवाहरुको समुह रत्ननगरको शान्तिचोकमा रहेको शहिद स्मृती बहुमुखी क्याम्पस देखि सौराहाचोकको गैडा मुर्तीसम्म पुगेको थियो । जसलाई हेर्न र साथ दिनका लागि स्थानियहरु पनि घर र पसल बाहिर निस्किएर र सहभागी भएर साथ दिईरहेका थिए । युवाहरुले भारतीय हस्तक्षप बन्द गर भन्दै शरीमा लेखेर अर्ध नग्न सडकमा उत्रिएका थिए ।
यसै बिच राष्ट्रिय युवा संघ नेपाल, रत्ननगरका अध्यक्ष सिलन बरालले भारतले नया नक्सामा नेपाली भुमी समेट्नु उसको हेपाहा प्रवृत्ती भएकोले युवाहरु यसरी बिरोधमा उत्रीन परेको कुरा ब्यक्त गरे । अर्का अध्यक्ष आशिफ तमाङ्ले भारतको नेपालीभुमी मिचाह गर्ने प्रवृत्ती कुनै हालतमा सह्य नभएको जिकिर गरे ।
अर्को आयोजक रहेको अनेरा स्ववियु रत्ननगरका अध्यक्ष दयाराम पौडेलले अर्धनग्न जुलुश सांकेतीक बिरोध मात्र भएपनि यसले धेरै अर्थ राख्ने बताए । अर्का अध्यक्ष शरोज तिमल्सिनाले युवाहरुको यो एउटा प्रतिनिधी जुलुस भएको बताउदै यदी भारतले तत्काल आफ्नो गलत कदम नसच्चाए अझ ससक्त ढंगले आन्दोलन अगाडी बढ्ने चेतावनी दिए ।
अनेरास्ववियका केन्द्रिय नेता तथा सरोज भण्डारीले नेपालका भूमि भारतीय नक्सामा पर्दा सरकार चुप लागेर बस्न नमिल्ने भएकोले यदि भारतको दादागिरी यस्तै रहे देशैभरिका युवा थप आन्दोलित हुन कुरा ब्यक्त गरे । सह आयोजक मध्यको एक युनीक युथ क्लबका अध्यक्ष बिकास पौडेलले आफु स्वस्फुर्त रुपमा आन्दोलनमा सहभागी भएको र शरिरमा लेखेर आफु पनि अर्धनग्न भएर भारतको ठाडो हस्तक्षेपको बिरोध गरेको बताए ।
अर्को तर्फ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पनि भारतको नयाँ नक्साको विरोध गर्दै प्रदर्शन गरेको छ ।
भारतले सार्वजनिक गरेको नक्सामा नेपालले दाबी गर्दै आएको कालापानी, लिपुलेकलाई भारतीय सीमाभित्र राखिएको छ । भारतको उक्त नक्साको नेपालमा अहिले चर्को विरोध भइरहेको छ ।
शनिबार रत्नगरमा भएको बिरोध पदर्शनमा त्यहाँका युवाहरु, जनप्रतिनिधि देखि सांसद सम्मको सहभागिता रहेको थियो । बिरोध पदर्शन कार्यक्रममा प्रदेश सांसद कञ्चन खनाल, ने.क.पा. चितवन जिल्ला सदस्य हुतराज पन्त, जिल्ला सदस्य शुरेस शाहि, नेकपाका नेता राजु अम्गाई सुबोध लगाएतका युवा तथा राजनितिज्ञको सहभागिता रहेको थियो ।
त्यस्तै सौराहा चोकमा भएको कोण सभा पछि भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला दोहन समेत गर्र्ने कार्यक्रम तय गरिएको थियोे ।
तर जब कोण सभा सकियो र मोदिको पुत्लामा आगो युवाहरुले सल्काए तब आगो लाग्न शुरु गर्न नपाउदै प्रहरीले तत्कालै आगो निभाएको थियो ।
तर युवाहरुले प्रहरीको बिरोध भने गरेनन ।