चितवन । पर्सामा रहेको सुजुकी मोटरसाइकलको आधिकारिक बिक्रेता मोडर्न बाइक सेंन्टरले आफ्ना ग्राहकहरुलाई शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘घामड शेरे’ म्याङ्गो हलमा शनिवार देखाएको छ ।

पछिल्लो समय मोटरसाइकल खरिद गरेका १५० जनाभन्दा बढि ग्राहकलाई फिल्म हेर्ने ब्यवस्था मिलाइएको मोडर्न बाइक सेन्टरका सञ्चालक अजय तिवारीले जानकारी दिए । उनले आफ्ना ग्राहकको मनोरञ्जन र प्रोत्साहनका लागि फिल्म हेर्ने ब्यवस्था मिलाइएको बताए । पर्साको म्याङगो सिनेमा हलसँग ब्रान्ड प्रबद्र्धनका लागि सहकार्य गरेको कम्पनीले सोहि हलमा फिल्म देखाएको हो ।

फिल्म हेर्न पुगेका ग्राहकहरुले सुजुकीले फरक खालको अवसर जुराएको प्रतिक्रिया दिए । सुजुकीको नेपालका लागि आधिकारिक बितरक भिजी अटोमोबाइल्सका सेल्स म्यानेजर धनीराम भुषालले कम्पनीले आफ्ना ग्राहकको हरेक प्रकारका चाहनालाई ध्यान दिने गरेको बताए । उनले सुजुकिप्रति ग्राहकको आकर्षण बढ्दै गएकाले प्रबद्र्धनात्मक र ग्राहकको चाहनाअनुसारको विभिन्न कार्यक्रम गरिएको जानकारी दिए ।

पछिल्लो समय सुजुकिको जिक्सचर २५० तथा १५० सिसिका मोटरसाइकलहरु नेपाली बजारमा लोकप्रिय छन । युवाहरुको रोजाईमा परेको मोटरसाइकलको नयाँ मोडलहरु म्याङगो सिनेमा हलमा प्रदर्शनीमा समेत राखिएको छ । ३ लाखदेखि ५ लाखसम्मको मोटरसाइकल प्रदर्शनीमा राखिएको सुजुकीका प्रतिनिधि सश्विन तिवारीले बताए । सो हलमा शुक्रबारबाट फिल्म ‘घामड शेरे’ प्रदर्शन भइरहेको छ ।

फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका हुन भने निश्चल बस्नेत, स्वस्तिमा खड्का, गौरी मल्ल लगायत कलाकारको अभिनय छ । विवाहित पुरुषको संघर्ष र अनुत्तरित प्रेम कथा फिल्ममा समेटिएको छ ।

तपाईको प्रतिक्रिया