काठमाडौँ । सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानका लागि प्रहरी समक्ष उपस्थित गराइएको छ ।

काठमाडौँ जिल्ला टोखा नगरपालिका–१० सामाखुशीस्थित खरीबोट इलाकाबाट यही कात्तिक १५ गते जुवामा संलग्न रहेको आरोपमा उनी पक्राउ परेका थिए ।

नेपाल प्रहरीले पक्राउ गरी सैनिक प्रहरी गण, जङ्गी अड्डामा बुझाइएका सेनानी शाहीलाई अनुसन्धानका लागि आज महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा उपस्थित गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कानूनको बर्खिलाप गर्ने जो कसैलाई कारबाहीको दायरामा ल्याउने संगठनको स्पष्ट नीति रहेको जनाउँदै सेनाले संगठनमा पुरस्कार र दण्ड सजायसम्बन्धी निर्देशिका लागू गरेको छ ।

गैरकानूनी कार्यमा संलग्न सैनिक व्यक्तिहरु उपर सैनिक ऐनबमोजिम कारवाही गरिने जनाउँदै सेनाले अनुसन्धानका लागि प्रहरी प्रशासनबाट उपस्थित गराइदिन अनुरोध भइआएमा संलग्न व्यक्तिलाई अनुसन्धानका लागि पठाउने गरेको बताएको छ ।

तपाईको प्रतिक्रिया