भक्तपुर । भारतले गरेको नेपालको भूमि अतिक्रमणको विरुद्धमा नेपाल मजदूर किसान पार्टीले देशव्यापी विरोध चर्काएको छ ।

नेमकिपाले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतीय नयाँ नक्सामा गाभेको विरूद्धमा देशव्यापी रुपमा विरोध अभियान सुरु गरेको हो ।

भक्तपुरबाट सुरु गरेको देश बचाउ अभियानमा भारतले आफ्नो नक्सामा राखेको भूमि फिर्ता गर्न र भारतले जारी गरेको नयाँ नक्साबाट नेपाली भूमि हटाउन माग गर्दै नेमकिपाले भक्तपुरलगायत देशका विभिन्न जिल्लामा विरोध जुलुस एवं सभाको आयोजना गरेको छ ।

नेमकिपाले भक्तपुर, कीर्तिपुर, जुम्ला, नेपालगञ्ज, कैलाली, सुर्खेतलगायतका स्थानमा जुलुस तथा विरोध सभाहरु गरेको नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईंले जानकारी दिए ।

नेमकिपाले आफ्ना केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको नेतृत्वमा जिल्लाजिल्लामा अभियान सञ्चालन गरेको उनले जानकारी दिए । भारतले नेपाली भूमि फिर्ता गरेर भारतीय सेना नहटाएसम्म नेमकिपाको विरोध जारी रहने उनले बताए ।

तपाईको प्रतिक्रिया