रौतहट । रौतहटको एक प्रहरी चौकीमा बम विस्फोट भएको छ ।

जिल्लाको इशनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
मठिया चौकी नेपाल–भारत सीमा क्षेत्र नजिक पर्दछ ।

घटनामा एक प्रहरी जवान रञ्जित यादव घाइते भएका छन् । सेन्ट्री पोस्टमा बसेका यादव घाइते भएका थिए । विस्फोटमा संलग्न रहेका भारत बिहारको ढाका भन्ने स्थानका चन्दन कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले प्रयोग गरेको बीआर०५एच ६५०९ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया