चितवन । भारतले नेपालको भूमिलाई आफ्नो नक्सामा राखी सार्वजनिक गरेको भन्दै नेविसंघ चितवनले भरतपुरमा प्रदर्शन गरेको छ ।

नेविसंघले बालकुमारी कलेजबाट विरोध ¥याली गरी पुलचोक पुगेर कोणसभा गरेको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेविसंघ नेताहरुले वर्तमान सरकारले सीमा रक्षाका लागि काम गर्न नसकेकाले छिमेकीले हेप्न थालेको आरोप लगाएका थिए ।

नेविसंघ चितवनका अध्यक्ष सूर्य ढकालको अध्यक्षतामा सम्पन्न कोणसभामा नेपाली कांग्रेस चितवनका उपसभापति कैलाश कोइराला, नेविसंघका निर्वतमान केन्द्रीय कोषाध्यक्ष शिव रिमाल, रविन क्षेत्री, नेविसंघ जिल्ला उपाध्यक्ष राजन दाहाल, विनिता चापागाईं, प्रकाश भण्डारी, दिनेश पौडेल, रोशन बस्नेतलगायतले भारतीय हस्तक्षेपविरुद्ध मन्तव्य व्यक्त गरेका थिए ।

नेविसंघ चितवनका सचिव गणेश रिजालले सबै नेपालीले देशको स्वाभिमान र सीमा रक्षाका लागि विरोध प्रदर्शन गर्न जरूरी रहेको बताए ।

तपाईको प्रतिक्रिया