महेश पाण्डे
चितवन । रत्ननगरको मुटु टांडी बजारमा लायन्स फुडल्याण्डको सुरुवात गरिएको छ । आज (सोमबार) एक कार्यक्रमको आयोजना गरि फुडल्याण्डको उद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन लायन्स क्लब ईन्टरनेशनल ३२५ बि टु नेपालका प्रथम उपाध्यक्ष शम्भु नकर्मीले गरे ।
नकर्मीले कुनैपनि काम गरेपछि कामको दशमांश दान गर्नुपर्ने भन्ने कुरालाई ध्यानमा राखेर लायन्स फुडल्याण्डले ५ प्रतिशत सामाजिक कार्यमा लगाउने घोषणा गर्नु निकै सह्रानिय कार्य भएको बताए । उनले नेपालका ३४ हजार लायन्सले मात्र नभई करिब २११ देशका १४ लाख ५० हजार लायन्स क्लबमा आवद्ध लायनहरुले यो काम र ब्यवहारलाई प्रत्यक्ष वा अप्रत्यक्ष नियालीरहेको हुनाले उत्कृष्ट कार्य गरेर देखाउन आग्रह गरे ।
रत्ननगर उद्योग बाणीज्य संघका बरिष्ठ उपाध्यक्ष तथा लायन्स फुडल्याण्डका सल्लाहाकार अनिल कृष्ण श्रेष्ठले रत्ननगरको मुटुमा यस्तो ब्यवसायको सुरुवात भएकोमा खुशि ब्यक्त गरे । उनले रत्ननगर क्षेत्रमा खुलेको सो संस्थाले आर्थीक र ब्यवसायीक बृद्धीमा टेवा पुग्ने बिश्वास समेत प्रकट गरे ।
लायन्स क्लब अफ चितवन नेशनल पार्कको ब्यवस्थापनमा सञ्चालनमा आएको लायन्स फुडल्याण्डमा २८ जनाको करिब ८० लाख लगानी रहेको छ र बिषेश गरि रेष्टुरेन्ट, सेमिनार हल तथा पार्टी भेन्यु टांडी बजारमानै नभएको परिप्रेक्षमा त्यसैलाई परिपुर्ती गर्न क्लबको बिजनेष प्रोजेक्टको रुपमा सो फुड ल्याण्ड खोलिएको संस्थाका संस्थापक अध्यक्ष निरज श्रेष्ठले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।
कार्यक्रममा रत्ननगर उद्योग बाणीज्य संघका प्रथम उपाध्यक्ष रघुनाथ भट्ट, कुखुरा ब्यवसायी मञ्च पुर्वी चितवनका अध्यक्ष भिम नारायण श्रेष्ठ, लायन्स क्लब ईन्टरनेशनल ३२५ बि टुका रिजन चियर पर्शनद्धय शिव बिडारी, उमेश गिरी, डिष्ट्रिक प्रोग्राम चिफ शुरेस चन्द्र आचार्य, लायन्स क्लब अफ रत्ननगर मिड नेपालका अध्यक्ष प्रकाश शर्मा, लायन्स क्लब अफ शान्ति चोकका अध्यक्ष बालकृष्ण भट्टराई, लायन्स क्लब अफ बेल्सिका अध्यक्ष मधुर नेपाल, लायन्स क्लब अफ समृद्धिकी अध्यक्ष अनु शर्मा बोहोरा, रत्ननगर जेशिसका पूर्व अध्यक्ष दिपु शर्मा लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित सबैलाई क्लबका निर्देशक तथा फुडल्याण्डका सञ्चालक भिष्म श्रेष्ठले स्वागत गरेका थिए ।