महेश पाण्डे
चितवन । अन्ततः रत्ननगरमा रहेको पुरानो शैक्षिक धरोहर शहिद स्मृती वहुमुखी क्याम्पसको बिवाद लामो रस्साकस्सी पछि मिलेको छ । क्याम्पस अध्यक्ष काँग्रेसलाई र क्याम्पस प्रमुख नेकपालाई दिने सहमती पछि शहिद स्मृती वहुमुखी क्याम्पसको बिवाद मिलेको हो ।

बिगत लामो समय देखि राजनीतिको सिकार भइ गंजागोलमा परेको स्मृती वहुमुखी क्याम्पसमा सोमबार भएको क्याम्पस सभामा नेकपा र कांग्रेसमा सहमति जुटेपछि क्याम्पसले नया नेतृत्व पाएको हो । जस अनुसार क्याम्पस संचालन समितिको अध्यक्षमा काग्रेश निकटका रामबाबु घिमिरे चयन भएका हुन् । घिमिरे लामो समयदेखी शैक्षिक क्षेत्रमा क्रियाशिल व्यक्ति हुन् । त्यस्तै क्याम्पस प्रमुखमा नेकपा निकटका धर्मदत्त तिवारीलाई दिईने भएकै कारण कुरा मिलेको श्रोतको दावी छ ।

पक्ष र प्रतिपक्ष यसरी मिलेरनै सहमती जुट्नु आफैमा सकारात्मक कुरा भएको र भाग बण्डामा क्याम्पस अध्यक्ष कांगे्रश र क्याम्पस प्रमुख भने नेकपालाई दिने सहमती भएकै कारण सहमती जुटेको एक नेताले नेपालीको आवाज डटकमलाई बताए । क्याम्पस सभामा नेकपा निकटका इश्वरी अर्यालको प्रस्तावमा तत्कालिन काग्रेश क्षेत्रीय सभापति कुमार कार्की घिमिरेको समर्थक रहेका थिए ।
संचालन समिति चयनमा नेकपा र नेपाली काग्रेशले राजनितिक सहमती गरेको वुझिएको छ । संचालक समितिका अन्य पदाधिकारी र सदस्यहरु भने चयन हुन बांकीनै रहेको छ । नेकपा निकटका इश्वरी अर्याललाई उपाध्यक्ष दिने तयारी छ गरिएको छ । अर्याल यसअघि भरत खनाल अध्यक्ष रहेको संचालक समितिमा पनि उपाध्यक्ष थिए ।

खनाल नेतृत्वको समितिको म्याद जेठमा सकिएको थियो । त्यसयता नयाँ अध्यक्ष चयनका लागि नेकपा र काग्रेशबीच विवाद हुदै आएको थियो । राजनितिक सहमती अनुसार क्याम्पस प्रमुख अव नेकपा निकटका प्राध्यापकले पाउने लगभग निश्चित छ । श्रोतबाट प्राप्त जानकारी अनुसार क्याम्पस प्रमुखमा नेकपा निकटका धर्मदत्त तिवारीलाई दिईने भएको छ । क्याम्पस संचालक समितिको म्याद सकिएपछि राजिनामा दिईसकेकी क्याम्पस प्रमुख राधा वालिकाले रकम दुरुपयोग गरेको लगायत माग राख्दै नेकपा निकटका विद्यार्थी संगठनहरुले प्रशासन शाखामा तालावन्दी गर्दै आएका छन् । जसका कारण बिद्यार्थीहरुको पठन पाठन भईरहे पनि प्रशासनीक काम भने निकै लामो समय देखि हुन सकिरहेको थिएन ।

तपाईको प्रतिक्रिया