महेश पाण्डे
चितवन । रत्ननगर उद्योग वाणिज्य संघले रत्ननगर वडा नं. ८ का बालबालीकाहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ । बाल संरक्षण तथा बालश्रम न्युनीकरण कार्यक्रम अन्र्तगत मंगलबार रत्ननगर वडा नं. ८ का ११ जना बालबालीकालाई शैक्षिक सामाग्री बाडिएको हो ।

त्यस्तै १ जनाको परिवारलाई आय आर्जननमा सहयोग हुनेगरि २ वटा बाख्रा र १ जना नानीलाई सिलाई बुनाई सम्बन्धि तालिमको ब्यवस्था गरिएको कार्यक्रमका सभापति तथा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

उनले खासगरि वडा नं. ८ मा नियमीत बिद्यालय जान नसकेका, अप्ठेरो अवस्थामा रहेका र श्रममा रहेका बालबालीकालाई सहयोग होस भन्ने सोचका साथ युनीसेफ क्षेत्रीय कार्यालय भरतपुर र रत्ननगर नगरपालिकाको सहयोगमा सो कार्यक्रम सञ्चालन भएको जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथी रहेका रत्ननगर वडा नं. ८ का वडा अध्यक्ष बिनोद बस्नेतले वडामा समस्यामा रहेका बालबालीकालाई रत्ननगर उद्योग बाणिज्य संघले यसरी सहयोग गर्नु आफैमा खुसीको कुरा भएको बताउदै धन्यवाद ब्यक्त गरे ।

सो कार्यक्रममा रत्ननगर नगरपालिकाका सामाजिक बिकास अधिकृत विश्वास श्रेष्ठ, रत्ननगर ८ कि वडा सदस्य तथा वाल संरक्षण अनुगमन समिती संयोजक गोकर्ण कुमारी महत्तो, मालपुर मा.वि.का प्रअ डम्बर बहादुर खत्री, वडा नं. ८ का सचिव खगनाथ पराजुली, चित्रसेन सामुदायीक वनकी सचिव रिता थापा, चीत्रसारी मा.विका प्रअ सुर्य प्रसाद लामिछाने लगाएतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया