महेश पाण्डे
चितवन । “चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६” चितवनको भरतपुरमा हुने भएको छ । प्रर्दनीको चौथो श्रृखलाको रुपमा मंसिर ६ गतेदेखि ९ गतेसम्म चितवनमा रहेको चितवन उद्योग संघले निर्माण गरेको एक्स्पो सेन्टरमा प्रदर्शनी हुन लागेको हो ।
प्रदर्शनी स्थलमा पर्दशनीको लागि तयारी तीब्र रहेको बुधवार पत्रकार सम्मेलनको आयोजना गरी नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष स्वयम्भु कृष्ण श्रेष्ठले जानकारी दिए । उनले एकै थलोमा कृषि सम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, यन्त्र उपकरणहरु तथा सेवाका वारेमा जानकारी लिन सकिने बताए ।
हरेक २–२ वर्षको फरकमा गरिनो सो पर्दशनी यस अघि २०७० सालमा चितवनबाटनै शुरु भएको थियो । त्यस पछि सो पर्दशनी २०७२ सालमा बाँके, कोहोलपुर, २०७४ सालमा काठमाण्डौ हुदै पुन चितवनमा हुन लागेको आयोजक संस्था नेपाल कृषि मेशिनरी ब्यवसायी संघका महासचिव कृष्ण शर्माले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।
प्रदर्शनीको आयोजकको रुपमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,भूमी व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ३ र नेपाल कृषि मेशिनरी व्यवसायी संघ रहेका छन् ।
यसैबिच कार्यक्रमको उद्घाटन मंसिर ६ गते पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने आयोजकले जानकारी दिएको छ ।
‘कृषिको रुपान्तरण, कृषिमा यान्त्रीकरण’ भन्ने मूल नाराका साथ हुने प्रदर्शनीमा २० भन्दा बढी देशमा उत्पादन भएका अत्याधुनीक कृषी मेसिनरी सामाग्रीहरुको प्रदर्शनी रहने र १०० भन्दा बढि स्टल रहने संघका अध्यक्ष स्वयम्भु कृष्ण श्रेष्ठले जानकारी दिए । उनले २ हजार भन्दा बढि प्रकारका कृषि यन्त्र औजार र उपकरण प्रदर्शन गरी ३५ हजार बढिलाई अवलोकन गराउने लक्ष्य रहेको समेत बताए । प्रर्दशनीमा ७० जिल्लाका अवलोकनकर्ता सहभागी हुने र १० करोडभन्दा बढिको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ ।
लक्षित बर्ग कृषक, नीति निर्माता, उद्यमी, व्यवसायी, सरकारी एवं गैह्र सरकारी सस्थांहरु, कृषक समुह, कृषि सहकारी सस्थां वैज्ञानिक, शिक्षक तथा विद्यार्थीहरुले नेपालमा भित्रीएका कृषि यन्त्र र उपकरणहरुको बारेमा जानकारी लिउन भन्ने उदेश्यले अवलोकनको लागि निशुल्क प्रवेषको व्यवस्था गरिएको आयोजकको जनाएको छ ।
कार्यक्रममा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रका बरिष्ठ ईन्जिनीयर दिपक भारद्धाज, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका बरिष्ठ ईन्जिनीयर जगन्नाथ तिवारी, सल्लाहाकार मधुसुदन सिं बस्नेत, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी लगाएतको उपस्थिती रहेको थियो ।