
महेश पाण्डे
चितवन । नेपाल ह्याचरी उद्योग संघ चितवन शाखाको आयोजनामा मालवस्तु तथा ढुवानी साधनमा अनुगमन प्रणाली सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम भरतपुरमा आज (बिहिवार) सम्पन्न भएको छ । खासगरि सरकारले गत श्रावणबाटनै मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (VCTS) लागु गर्ने भनेपनि व्यवसायीहरु तयार नभएको भनि सरकारले कार्तिकबाट मात्र यो प्रणाली लागु गरेपछि यसको बारेमा ह्याचरी सञ्चालकलाई जानकारी दिन कार्यक्रम राखिएको कार्यक्रमका सभापति तथा नेपाल ह्याचरी उद्योग संघ चितवन शाखाका अध्यक्ष ज्ञान बहादुर बिसुरालले जानकारी दिए ।
उनले मालबस्तु ढुवानी गर्दा मालसामानका जानकारी, बिवरण, गाडी नं. लगाएतका जानकारी राजस्व अनुसन्धान बिभागको डिआरआईमा (राजस्वको वोयवसाईटमा) ईन्ट्रि गरेर ढुवानी प्रक्रियालाई अगाडी बढाउनुनै मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (VCTS) भएको बताए ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल ह्याचरी उद्योग संघका केन्द्रिय अध्यक्ष टिकाराम पोख्रेलले ह्याचरीको ढुवानी भनेको जिवित चिजको ढुवानी भएको कारणले गर्दा खासगरि ट्रान्जिट मृत्युदर तथा ट्रान्जिट लगआउटलाई यो प्रणालीमा कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने सिक्नमा यो प्रशिक्षण फलदायी हुनेमा जोड दिए ।
कार्यक्रममा सहभागी सबैलाई पहिलो सत्रमा चार्टर एकाउन्टेण्ट सन्तोष रेग्मिले मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (VCTS) को बिषयमा र दोश्रो सत्रमा चार्टर एकाउन्टेण्ट निशान पौडेलले सरकारी कर नितिको बारेमा जानकारी दिएका थिए भने अर्का चार्टर एकाउन्टेण्ट शुसिल घिमीरेले सहजिकरण गरेका थिए ।
नेपाल सरकार राजस्व अनुसन्धान २०५२ बाटनै यो सिस्टम आएको भएतापनि उक्त नियममा एक पटकमा गल्ति गर्नेलाई २ हजार र दोस्रो पटक देखि गल्ति गर्नेलाई पटकै पिछे ५ हजार जरिवाना गर्ने नियम भएपनि हाल आर्थीक एन २०७१ मा एक पटकमा गल्ति गर्नेलाई ५० हजार र दोस्रो पटक देखि गल्ति गर्नेलाई पटकै पिछे १ लाख जरिवाना महानिर्देशकबाट हुने नियम रहेको छ ।
कार्यक्रममा कुखुरा ब्यवसायी मञ्चका अध्यक्ष ऋषीराम पौडेल, कुखुरा ब्यवसायी मञ्चका उपाध्यक्ष राजेन्द्र लामिछाने लगाएतको उपस्थिती रहेको थियो ।