महेश पाण्डे
चितवन । गिरिजा प्रसाद कोईराला फाउन्डेसन चितवनद्धारा १४ औं बृहत शान्ति सम्झौता दिवसको अवसरमा बिहिबार रत्ननगरमा आयोजित “बाह्रबुदे सहमति, शान्ति सम्झौता र गिरिजा प्रसाद कोईराला” बिषयक प्रवचन कार्यक्रममा उपस्थित नेकपाका नेताले गिरिजा बाबुलाई सम्झिदा देखिएको माहोल हेर्न लाएकनै थियो । उनि थिए नेकपाका नेता तथा प्रदेस नं. ३ का सांसद कृष्ण खनाल ।
खनालले गिरिजा प्रसाद कोईराला जति समय रहनुभयो देशका लागि केहि न केहि गरिरहने नेता भएको जिकिर गरे । उनले १२ वर्षअघि द्धन्दको अवस्थामा रहेको मुलुकलाई निकास दिनको लागि स्वः गिरिजा प्रसाद कोईरालाको भुमिका निकै सह्रानिय भएको बताउदै पार्टी फरक भएपनि उहा सबैको नेता हो भन्दा हल तालिले गुञ्जिएको थियो । खनालले अब सबैले संस्थागत राजनिति गर्ने बेला आएको बताउदै बहुदल आएपछि राजनीतिक द्धन्दको स्थिति सिर्जना भएकाले अब कुनैपनि पाटीमा राजनीतिगत भ्रष्टिकरण प्रवेष गर्न दिन नहुने कुरा ब्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमीरेले “बाह्रबुदे सहमति, शान्ति सम्झौता र गिरिजा प्रसाद कोईराला” एक अर्काका परिपुरक शब्द जस्तो भएको बताए । उनले गिरिजा प्रसाद कोईरालाले मुलुकलाई हिंसाको मार्गबाट शान्तिको मार्गमा ल्याएको स्मरण गर्दै यस्ता युग पुरुषहरुलाई सरकारले सम्झने नगरेकोमा दुःख ब्यक्त गरे ।
उनले भारतको उदाहरण दिदै भने “भारतले गान्धि दिवस मनाउछ किन भन्दा युग पुरुषहरुलाई सम्झन तर यहा युग पुरुषहरुलाई बेवास्था गरिन्छ ।” उनले बिपि कोईराला, गणेशमान जस्ता नेताहरु महान ब्यक्तित्व भएको र देश अहिलेको अवस्थामा ल्याउन उहांहरुकोनै महत्वपूर्ण भुमिका र योगदान रहेको बताउदै सरकारले पनि महत्वपुर्ण दिनहरुमा सम्झनुपर्ने जिकिर गरे ।
कार्यक्रममा उपस्थित नेपाली काग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले अहिलेको यो स्वर्णीम युग ल्याउनमा गिरिजा बाबुको भुमिका निकै महत्वपुर्ण भएको बताउदै यदि उहाँले यो जिम्बेवारी नलिएको भए आजको दिनमा पनि हिंसाको बाटो बन्द नहुने कुरा ब्यक्त गरे ।
रत्ननगर नगरपालीकाकी उप प्रमुख बिमला दुवाडीले आफु कम्युनिष्ट बिचार धाराबाट आएको महिलाा भएपनि गिरिजा प्रसाद कोईराला सबैको आदर्शको पुरुष भएको बताईन । उनले आफुलाई कार्यक्रममा बोलाएकोमा धन्यवाद दिदै सबैले यो पार्टी त्यो पार्टी भनेपनि अन्त्यमा सबैको ईच्छा देशबिकासनै भएकोले सबै मिलेर जानु पर्ने कुरा ब्यक्त गरिन । उनले गिरिजा प्रसाद कोईराला नभएकको भए देश यो अवस्थामा अहिले नहुने कुरा ब्यक्त गर्दै कोईरालाको योगदानलाई कसैले भुले पाप लाग्ने बताईन ।
कार्यक्रमको संयोजन गिरिजा प्रसाद कोईराला फाउन्डेसन चितवन क्षेत्र नं. १ ले गरेको थियो । सो कार्यक्रमका सभापति तथा जिपि फाउन्डेसन क्षेत्र नं. १ का संयोजक गोबिन्द गौतमले आजको दिनमा मात्र नभएर पाटीले हरेक दिन गिरिजा प्रसाद कोईरालालाई सम्झदै उहाकै बाटोमा अगाडि बढ्नुपर्ने कुरा ब्यक्त गर्दै उपस्थित सबैलाई धन्यवाद ब्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका पुर्व सभापतिहरु कृष्ण लाल सापकोटा, राम कृष्ण घिमीरे, टेक प्रसाद गुरुङ, पृथ्वी मान गुरुङ, टिकाराम न्यौपाने, जिपि फाउन्डेसन चितवनका संयोजक कमल आचार्य अगाएतको उपस्थिती रहेको थियो ।