चितवन । बढी शुल्क लिएको आरोपमा संघर्ष समिति नै बनाएर आन्दोलन गदैृ आएका नेत्रविक्राम चन्द विप्लवका छोरा प्रकाश चन्द आफू आन्दोलनको संयोजक रहेका कारण असुरक्षित रहेको बताएका छन् ।
चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज (नयाँ मेडिकल कलेज)को भरतपुर ५ मा रहेको होस्टेलमा अहिले प्रहरी तैनाथ गरिएको छ ।
सो होस्टलमा एमबीबीएसको अन्तिम सेमिस्टार सकाएका नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द पनि बस्दै आएको र उनी अहिले मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गर्ने संघर्ष समितिका संयोजकसमेत रहेका छन् ।
भूमिगत रहेको नेकपा विप्लव पार्टीका प्रमुख नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द भएका कारणले पनि प्रहरी तैनाथ गरिएको हुनसक्ने अनुमान गरिएको छ ।
संघर्ष समितिका सदस्य भीमबहादुर तामाङ्ले नेपालीको आवाज डटकमलाई जानकारी दिदै भने “मैले केही समयअघि प्रकाशलाई फोन गर्दा आफू प्रहरीबाटै असुरक्षित रहेको भनेका छन् ।”
यसबाट पनि उनी असुरक्षित पो हो कि भन्ने अनुमान गरिएको छ । उनी जुन कुनै बेलामा पनि पनि पक्राउ पर्न सक्ने तमाङ्ले जानकारी दिए ।
हाल चितवन मेडिकल कलेजले सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै करिब १५० भन्दा बढी विद्यार्थीहरु आन्दोलनमा रहेका छन् । आजै गोलीसहित एउटा अमेरिकन पेस्तोल बेवारिस अवस्थामा भेटिएको भनिएको छ ।