चितवन । सरकारले तोकेको भन्दा बढि रकम लिएको बिरोधमा उत्रिएका बिद्यार्थीलाई पैसा फिर्ता गर्नुको साटो बिद्यार्थीलाईनै फसाउने दाउमा चितवन मेडिकल कलेज लागेको बिद्यार्थीहरुले आरोप लगाएका छन् । शनिवार चितवन मेडिकल कलेजको भरतपुर महानगरपालिका–५ कैलाशनगर स्थित होस्टल परिसरमा सट गन भेटिएको भनि गरिएको प्रचारले पनि यसलाई पुष्टि गरेको बिद्यार्थीहरुको भनाई छ ।

यस अघिका वर्षहरुमा बिद्यार्थीहरुलाई मर्कापरेपनि कलेजकोनै डरले गर्दा पढाईनै बिग्रने होकी भन्ने चिन्ताका चुप बसेका बिद्यार्थीहरु बिप्लब पुत्र प्रकाश चन्द अहिले पैसा फिर्ता गराउने सघर्ष समितीको संयोजक बनेपछि खुलेरै अगाडी आएका छन् भने सो कुरा कलेज प्रशासनलाई भने फिटिक्कै चित्त बुझेको छैन ।

त्यसैले पैसा फिर्ता गर्नुको साटो बिद्यार्थी संयोजकलाईनै फसाउने दाउमा कलेज प्रशासन लागेको संघर्ष समितीका सदस्य भिम वं. तमाङ्गले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले बिद्यार्थीहरुको अरु केहि चाहाना नभई मात्र कलेजले सरकारले तोकिएको भन्दा बढि रकम फिर्ता गर्नुपर्ने भन्ने मात्र रहेको बताए ।

तमाङ्गलाई होस्टल हाता भित्र सटगन भेटिएकै होत भन्ने हाम्रो प्रश्नमा उनले भने “यो सरासर प्रकाशलाई फसाउने दाउ मात्र हो, बिद्यार्थी होस्टलमा कसरी सटगन फेला पर्छ ।” उता प्रहरीले भने शनिवार सटगन रहेको खबर आएपछि आफुहरु गएको र कसैलाई फसाउने आफुहरुको नियत भने नभएको बताएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दानवहादुर मल्लले भने होस्टल हाताबाट अमेरीकामा निर्मित नाईन एमएम को अत्याधुनिक पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली फेला परेको जानकारी दिदै त्यस संगै थ्रि नट थ्रिको सात राउण्ड खालि खोका, थ्रि नट थ्रिको एक राउण्ड गोली र दुई राउण्ड नाईन एमएमको गोली वरामत भएको बताएका छन् ।
त्यस्तै शनिवारनै सबै बिद्यार्थीले चितवन मेडिकल केलेजको भरतपुर महानगरपालिका–५ कैलाशनगर स्थित होस्टल छोडेका छन् । कलेजको मुल ढोकामा लगाईएको ताला तोडेर होस्टलमा रहेका २ दुई सय विद्यार्थीहरु वाहिर निस्किएका थिए ।
शनिवार दिउँसो बेबारिसे पेस्तोल भेटिएपछि सशङ्कीत विद्यार्थीहरुले कलेजको प्रवेश गेटमा लगाइएको ताला तोडी साँझ करिब ८ः३० वजे तिर वाहिर निस्किएका थिए । कलेज परिसरमा पेस्तोल सहित गोली भेटिए पछि प्रहरीले साँझ होस्टलको खानतलासी गर्ने तयारी गरेको थियो । बिद्यार्थीहरुले प्रहरीले खानतलाशि गर्ने तयारीको बिरोध गरेपछि शनिवार गर्ने भनेको खानतलाशि रोक्न प्रहरी बाध्य भएको थियो । त्यसपछि बेलुका पख खानतलासीको काम रोकेर प्रहरी फर्किए पछि विद्यार्थीहरु कलेजको होस्टल छोडेर नारायणगढ तर्फ लागेका थिए ।
खासमा आज (आईतबार) अभिभावक सहित बृहत र्याली निकाल्ने बिद्यार्थीको तयारी पछि कलेजले सटगनको नाटक रचेको बिद्यार्थीहरुले बताएका छन् । बिगत लामो समय देखि अबैध शुल्क फिर्ताको माग गर्दै विद्यार्थी र अभिभावक आन्दोलित भए पछि चितवन मेडिकल कलेजमा पठनपाठन भने ठप्प रहेको छ ।

तपाईको प्रतिक्रिया