चितवन । राईटपाथ करियर काउन्सेलिङ दोस्रो वर्षमा प्रवेष गरेको छ । काठमाण्डौ पुतली सडकमा मुख्य कार्यलय रहि २०७५ साल मंसिर १५ गते चितवनको लायन्स चोकमा आफ्नो पहिलो शाखा बिस्तार गरेको कन्सल्टेन्सीको चितवन शाखा १ वर्ष पुरा गरि दोस्रो वर्षमा प्रवेष गरेको हो ।
दोस्रो वर्ष प्रवेषको अवसरमा संस्थाको कार्यालयमा केक काटी खुसी बाढिएको थियो । सो अवसरमा चितवन शाखाका अध्यक्ष एंव प्रबन्ध निर्देशक शुरज पौडेलले मात्र एक वर्षको अवधीमा अरु खुलेका पुराना शैक्षिक परामर्श संस्था बराबरको स्थितीमा आफुलाई पुर्याउनु सानोतिनो कुरा नभएको बताउदै यसको लागि रातदिनको मेहनत र बिशेष गरि बिद्यार्थीहरुलाई उनिहरुले रोजेको देशमा उच्च शिक्षा अध्ययनको लागि सहि परामर्श दिई पठाउनुनै रहेको बताए ।
उनले कुनैपनि संस्था कति समय टिक्ने भन्ने कुरा उसले गरेको काममा भर पर्ने बताउदै हालका दिनमा बिद्यार्थीहरुको अष्ट्रेलिया पछिको रोजाई युके भएको र चितवनबाट युके जाने बिद्यार्थीको भिषा ९८ प्रतिशत लगाउन सफल भएकोमा खुसी ब्यक्त गरे ।
कार्यक्रममा उपस्थित राईटपाथ करियर काउन्सेलिङका अध्यक्ष फिलिप डिसीले युके जाने बिद्यार्थीको पहिलो रोजाई राईटपाथ बन्न सफल भएकोमा खुसी ब्यक्त गरे । उनले हालका दिनमा युकेले बिद्यार्थीहरुको लागि केहि सहज बनाएको र त्यसको लागि केहि शैक्षिक परामर्श दाताले सहि परामर्श नगरिदिदा बिद्यार्थीहरुको भिसामा समस्या आएको गुनासो आएकोले सही परामर्शदाता खोज्दा र रोज्दा बिद्यार्थीले बिशेष ध्यान दिनुपर्ने बताए ।
डिसीले कुनैपनि बिद्यार्थीहरुले उच्च शिक्षा अध्ययन गर्न जान चाहिने बिद्यार्थीहरुलाई आवश्यक जानकारी आफ्नो संस्थाबाट गएपनि वा नगएपनि दिने गरेको बताउदै बिद्यार्थीको भविष्य निर्माणनै संस्थाको प्राथमीकता हुने गरेको बताए ।
चितवन शाखाका निर्देशक बिपिन शर्मा आचार्यले उपस्थित सबै अतिथी, बिद्यार्थीलाई धन्यवाद दिदै संस्था आगामी वर्षमा झनै ससक्त ढंगबाट बिद्यार्थीको भविष्य निर्माणको दिशामा केन्द्रित भएर लाग्ने बताए ।
नेपालीको आवाज डटकमको तर्फबाट पनि राईटपाथ टिमलाई एक वर्ष पुरा गरि दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा हार्दीक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।