
महेश पाण्डे
काठमाण्डौं । मोडल दुर्गेश थापाले नायीका बर्षा शिवाकोटीलाई “टुना मुना” लगाएका छन् । खासमा दुर्गेशले टुना मुना रियल लाईफमा नभई रिल लाईफमा लगाएका हुन ।
चर्चीत लोक तथा दोहोरी गायक मौसम गुरुङ्गले गत मंसिर १३ गते शुक्रबार आफ्नै कम्पनी सितल सिजन डिजिटल प्रा।ली। को आधिकारीक युट्युब च्यानल मार्फत सार्वजनिक गरेको “टुना मुना” बोलको गितमा अभिनय गर्दै दुर्गेशले वर्षालाई टुना मुना लगाएका हुन् ।
नेपाली लोक संगीतको क्षेत्रमा एउटा फरक पहिचान बनाएका गायक गुरुङ्गले पछिल्लो पटक “टुना मुना” गित सार्वजनिक गरेसंगै यसको चर्चा पनि हुन थालेको छ । गीतमा मौसम गुरुङ, बिन्दु परियार र सुनिल पाठकको स्वर रहेको छ भने दिपक बसन्त कार्कीको शब्द तथा संगीत रहेको छ । गितको म्युजिक भिडियोमा चर्चित निर्देशक शिव विकको निर्देशन,अर्जुन तिवारीको छायांकन, रक्स कुशलको कोरियोग्राफि र बिकाश ज्ञवालीको सम्पादन रहेको छ ।
आशिष अबिरलको को म्युजिक एरेन्जमेन्टमा तयार गीतको भिडियोमा निकै लोकप्रिय अनुहारहरु दुर्गेश थापा र बर्षा शिवाकोटीको नृत्य तथा अभिनय संगै म्युजिक भिडियो पनि राम्रो बनेसंगै अहिले सम्म युट्यबमा सो भिडियोलाई ८२ हजार पटक भन्दा बढि पटक हेरि सकिएको छ ।
गायक मौषम गुरुङ्गले बजारमा ल्याएका चर्चीत गितहरुमा खोली छेकेर, अन्धो पन, शुन्दर लाग्छ मलाई यो धर्ती, ठुलो मान्छे बन्नु, तिमी ठुलो हौ काली, सोल्टिनी नानी, एउटा राम्रो बाटो लगाएतका रहेकाछन् ।