चितवन । क्यान्सर पिडित बालक आयुष बोहरालाई पाण्डे परिवारबाट १० हजार सहयोग प्रदान भएको छ । ब्लड क्यान्सर बाट पिडित ४ बर्षिय बालक आयुष बोहराको उपचारकोलागि चितवन रत्ननगर घरभई हाल बेलायत बस्ने धर्मराज पान्डे र कमला पान्डेले आफ्नो छोरा बुहारि बिदुर पान्डे र अर्चना पान्डे को बैवाहीक वर्षगाठको अवसर पारेर पठाएको रु १०१०५ रकम समाजसेवी तथा सरसफाई अभियन्ता ज्ञानेन्द्रराज पाण्डेले आयुषका अभिभावकलाई अस्पतालमानै पुगेर सोमबार हस्तान्तरण गरेका हुन । पाण्डेले आफ्नो परिवारले यसरी सहयोग गर्नुको मुख्य कारण भनेको आर्थीक अभावको कारणले गर्दा कोही पनि नेपालीले अकालमा ज्यान गुमाउन नपरोस भनेर रहेको बताए ।
हाल आयुष बोहोराको सहयोगार्थ “आयुष बोहोरा बचाउ अभियान” नै चलाएर लागिएको युनिक यथ क्लब, रत्ननगरका अध्यक्ष बिकास पौडेलले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले यदि कसैले सहयोग गर्न चाहेमा बिरामीको बुवा सर्जन बोहरा को गरिमा बिकास बैक, बुध्द चोक भरतपुरको बैक खाता न. ०३६०१९००८००९२३०००००१ मा रकम जम्मा गर्न सकिने जानकारी दिए ।
स्थाई घर बझाड. जिल्ला सुर्मा गाउपालिका वडा न.१ दौरिचौर भएका ४ बर्षिय बालक आयुष बोहराको हाल चितवनको भरतपुर क्यानसर अस्पतालको उबभमष्बतचष्प यलअययिनथ गलष्त को बेड ड न. २६ मा भर्ना भई उपचार भईरहेको छ । यदि कसैले बोहोरालाई सहयोग गर्न चाहेमा मोबाईन नं. ९८६४६०२२६२ र ९८६८४९८९२७ गर्न सकिने अभियन्ता ज्ञानेन्द्र राज पाण्डेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया