चितवन । रत्ननगरमा चोरीको घटना बढेको छ । रत्ननगर–१, बकुलहरमा रहेको पूजा बचत तथा ऋण सहकारी संस्था लिं.मा गए राती पुन चोरी भएको छ ।

केहि दिन अघि मात्र पनि सो संस्थामा चोरी भएको थियो भने फेरि १ महिना भित्रमानै मंगलबार राती पनि चोरी भएको हो । सहकारी रहेको भवनको पछाडीको च्यानल गेट फोरेर पहिल्लो तल्लामा रहेको सहकारीको पनि च्यानल गेटमा लगाएको ताला फोरी चोर पसेकोे देखिन्छ ।

सहकारीका अध्यक्ष सदानन्द आचार्यले दिएको जानकारी अनुसार ठुलाठुला गलहरु लिएर चोरहरु छिरेको र संस्थामा रहेको सेफ (भल्ट) लाई लान खोजेको भएतापनि नसकेर औजारहरु छोडेको बताए । उनले संस्थाको सिसी क्यामरा काटेर फालेको र पैसा भने केहि नलगेको देखिएको बताए । त्यस्तै सोहि राती सौराहा चोकमा रहेको किराना पसलमा पनि चोरी भएको छ ।

ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भावेष रिमालका अनुसार पहिला पनि चोरी भएको सो संस्थामा पुन यसरी चोरी हुनु आफैमा सोचनीय बिषय भएकाले अनुसन्धानबाट केही न केही चाडै खुल्ने बताए । उनले पछिल्लो पटक चोरीका घटना बढेसंगै रत्ननगरमा सिसी क्यामरा जडान नगरी नहुने देखीएको बताए । रिमालले यो बिषयमा रत्ननगर नगरपालीकाका नगर प्रमुख नारायण बनसंग पनि कुरा भएको र यस बिषयमा पहल भईरहेको बताए ।
चोरीको यकिन बिवरण भने आइसकेको छैन ।
संस्थामा अघिल्लो पटक चोरी हुदाका फोटाहरु:




तपाईको प्रतिक्रिया