चितवन । नारायणगढको क्याम्पाचौरमा जारी स्व. जगदीश खड्का स्मृति महिला फुटबल प्रतियोगिता–२०७६ अन्तरगत दोस्रो दिन बागमती फुटबल क्लब सर्लाही र मकवानपुर महिला टिम विजयी भएका छन् ।
दोस्रो दिनको पहिलो खेलमा बागमती फुटबल क्लब सर्लाहीले नवलपुरको अभिषेक चर्च रजहरलाई १–० गोलअन्तरले पराजित गरेको हो । बागमतीको जीतका लागि पहिलो हाफको आठौँ मिनेटमा गोल गरेकी सुस्मिता थिङ प्लेयर अफ दी म्याच घोषित भइन् । प्लेयर अफ दी म्याच भएकी थिङले दुई हजार रुपैयाँ पुरस्कार हात पारेकी छिन् ।
त्यस्तै, बुधबार भएको दोस्रो खेलमा मकवानपुर महिला टिम १–० गोल अन्तरले विजयी भएको छ । मकवानपुरले बरचुली मावि नवलपुरलाई पराजित गरेको हो । मकवानपुर महिला टिमका लागि प्रतियोगिताको २०औँ मिनेटमा पुजा लोप्चनले गोल गरेकी थिइन् । दोस्रो खेलमा बरचुली मावि नवलपुरकी गोर रक्षक कविता विके प्लेयर अफ दी म्याच घोषित हुँदै दुई हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन् ।
बिहीबार सेमीफाइनल अन्तरगतका खेलहरु हुने आयोजित चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए । बुधबार हानमी एभरेष्ट क्लब भरतपुर र अभिषेक चर्च रजरबीच पहिलो सेमीफाइन तथा पञ्चकन्या महिला टिम ‘ए’ र मकवानपुर महिला टिमबीच दोस्रो सेमीफाइनमा प्रतिस्पर्धा हुने ढकालले जानकारी दिए ।
प्रदेश नम्बर २, ३ र ४ का ४ जिल्लाबाट ८ वटा टिम सहभागी प्रतियोगिताको फाइनल २० गते हुनेछ । विजेताले ४० हजार रुपैयाँ तथा उपविजेताले २० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी पाउनेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट फरवार्ड, डिफेण्डर र गोलकिपरलाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ ।

तपाईको प्रतिक्रिया