चितवन । जब प्रहरी कार्यालय भित्रकोनै ईन्टरनेटमा समस्या आयो तब के भयो होला अनुमान गर्नुहोस । हो जिल्ला प्रहरी कार्यालय चितवन भित्रनै ईन्टरनेटमा समस्या आए पछि प्रहरीले आफैले ईन्टेरनेटमा पनि ठगि हुन सक्छ भनेर चेक जांच गरेको छ ।
चितवनमा रहेका इन्टरनेट सेवा प्रदायकहरुले ठगी गरेको नागरिकले गुनासो गरेपछि प्रहरीले छानबिन गरेको हो । प्रहरी कार्यालयभित्रनै इन्टरनेटमा पनि समस्या आएपछि अन्त त यसै पनि समस्या हुन्छ भन्ने ठानेर चितवन प्रहरीले यो विषयलाई प्राथमिकता दिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख दानबहादुर मल्लले अन्य जिल्लामा इन्टरनेट सेवा वितरणमा बढी क्षमता भनेर बढी शुल्क असुल्ने गरेको तर क्षमता कम दिई ठगी गरिरहेको पाईएकोले चितवनमा पनि यस्तो भएको हुन सक्ने ठानी छानबिन गरेको जानकारी दिए । उनले चितवनमा यसप्रकारको रोग सल्किसकेको नपाइएको जानकारी दिए ।
आफ्नै कार्यालयमानै समस्या आएपछि प्रहरीले सीआईबीको सहयोगमा काठमाडौँबाटै विशेष मेसिन ल्याएर इन्टरनेटले दिएको सेवाबारे चेकजाँच गरेको थियो ।
मेसिनको चेकजाँचमा चितवनमा ठगी भएको नपाइएको प्रहरी प्रमुख मल्लले जानकारी दिए । यसबाट सम्भावित ठगीबाट बच्न सबैलाई सचेत गराएको पनि उनले बताए । नागरिकहरुले यसबारेमा प्रहरीसँग गुनासो गरेपछि जिल्ला प्रहरी कार्यालयबाट एक महिनाअघि देखि यसबारेमा अध्ययन गरेर प्रतिवेदन काठमाडौँ पठाइसकेको उनले बताए । चितवनमा इन्टरनेट सेवा प्रदायक संस्थाहरु ६ वटा रहेका छन् ।
ईन्टरनेट सेवा प्रदायक कम्पनिले ग्राहकलाई कम्तीमा २० एमबीपीएस सेवा उपलब्ध गराउने भन्दै मासिक एक हजार पाँचसय भन्दा बढी असुल्दै आएका भएतापनि एक तिहाई एमबीपीएस मात्र उपलब्ध गराएर दुई तिहाइ एमबीपीएससम्म ठगी गर्ने गरेको नागरिकको गुनासो रहदै आएको छ । देशका धेरै ठाउँमा इन्टरनेट कम्पनीबारे गुनासो बढ्न थालेपछि चितवनमा पनि छानबिनको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्नधान ब्युरो (सीआईबी) ले विशेष चासो राखेको हो ।