चितवन । कांग्रेसबाट भरतपुर १६ का वडा अध्यक्ष बनेका हमालले नेकपाका स्वर्गीय नेता गुरुङ्गको शालिक बनाउने भएका छन् । मंसिर १४ गते भएको उपनिर्वाचनबाट भरतपुर १६ को वडाध्यक्षमा कांग्रेसको तर्फबाट उठेर निर्वाचित भएका अमृतराज हमालले स्वर्गीय चर्तुमान गुरुङ्गको अर्धकदको शालिक निर्माण गर्ने भएका हुन् । अध्यक्षमा निर्वा्िचत भएर बुधबार कार्यभार सम्हाल्ने बित्तिकै हमालले उनै गुरुङ्गको अर्धकदको शालिक बनाउने पहिलो निर्णय गरेका हुन् ।
महत्वपूर्ण कुरा के छ भने गएको चुनावमा जसले आफूलाईनै पराजित गर्यो अहिले उनैको अर्धकदको शालिक बनाउने निर्णय । स्वं. चर्तुमान गुरुङ्गको तत्कालिन नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी भई अर्बुद (क्यान्सर) रोगका कारण निधन भएको थियो ।
यसअघिको स्थानीय तहको निर्वाचनमा हमाल उनै गुरुङ्गसंग झिनो मतान्तरले पराजित भएका थिए । गुरुङको निधन पछि यही मंसिर १४ गते सो वडामा उपनिर्वाचन भएको हो । नेकपाले पनि भरतपुर १६ लाई महत्वपूर्ण वडाको रुपमा पनि लिएको वडा रहेको थियो ।
हमालले नेपाली काँग्रेसबाट पुनः वडाध्यक्षको टिकट पाए पछि उनि उपनिर्वाचनबाटै गुरुङ्गको ठाउँमा वडाध्यक्ष बनका हुन ।
यस्तै हमालले आफूले पाउने सेवा सुविधा कुनै नलिने निर्णय समेत गरेका छन् । अध्यक्षको हैसियतमा पाउने सेवा सुविधा सबै सोही वडामा रहेका गरिब विपन्न परिवारको बालबालिकाका लागि खर्च गर्ने निर्णय समेत गरेका छन् ।
बुधबार विहान भरतपुर महानगरपालिकामा आयोजित शपथ ग्रहण पछि वडाध्यक्ष हमालले दिउँसोनै कार्यभार सम्हालेका थिए । शपथ ग्रहणमा पुग्नु अघि हमालले स्वर्गीय गुरुङ्ग परिवारसंग भेटघाट गरी आर्शिवाद समेत लिएका थिए ।

तपाईको प्रतिक्रिया