महेश पाण्डे
चितवन । युनिक बचत तथा ऋण सहकारी संस्था लि.को एकै दिन चौथो खोलेसिमल र पांचौ खैरहनी पर्सामा सदस्य सेवा केन्द्र सुरु भएको छ । चितवन भरि कार्यक्षेत्र रहि रत्ननगर–२ मा मुख्य कार्यालय रहेको युनिक बचत तथा ऋण सहकारी संस्था लि.को चौथो शाखा खोलेसिमल र खैरहनीमा शुक्रबारबाट शुरु भएको हो । यो संघै सहकारीको सदस्य सेवा केन्द्रको संख्या ५ पुगेको छ ।

खोलेसिमल सेवा केन्द्र उद्घाटन कार्यक्रका प्रमुख अतिथि तथा कालिका नगरपालिकाका नगर प्रमुख खुम नारायण श्रेष्ठले युनिक बचतले आफ्नो सेवा केन्द्र खालेसिमलमा सुरु गरेकोमा खुसि ब्यक्त गरे । कुनै पनि ठाउको बिकासका लागि ब्यवसायहरु बढ्नु पर्ने बताउदै श्रेष्ठले कालिका नगरपालिका किसान क्षेत्र भएकाले युनिक सहकारीले त्यस क्षेत्रका किसानहरुलाई सहुलियतमा ऋण प्रवाह गर्नुपर्ने कुरामा जोड दिए ।

सो कार्यक्रममा कालिका नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष डिल्ली राम दुवाडी, नेपाल रेडक्रस सोसाईटि कालिका–१ का अध्यक्ष लिला बहादुर गुरुङ्ग, सहकारीका सल्लाहाकार यादव प्रसाद पाठक लगाएतको उपस्थिती रहेको थियो ।

उता खैरहनी पर्सा सदस्य सेवा केन्द्र उद्घाटन कार्यक्रका प्रमुख अतिथि खैरहनी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष टेक बहादुर थापाले युनिक सहकारीको सेवा केन्द्र खैरहनी पर्सामा आएकोमा खुसी ब्यक्त गर्दै युनिक बचत जिल्ला भरिनै बिश्वासीलो र भरपर्दो सहकारी भएकाले पर्सामा यसको सेवा केन्द्र बिस्तार हुनु आफैमा उत्कष्ट भएको बताए ।
खोलेसिमल सेवा केन्द्रका उद्धघाटन कार्यक्रमका सभापति तथा संस्थाका उपाध्यक्ष प्रेम कृष्ण खनालले सहकारीमा हालका दिनमा करिब ७ करोड जगेडा कोषमा रहको र अन्य कोषमा ३ करोड रकम रहेको कारणले गर्दा अब केहि प्रतिशत यसलाई बृद्धि गर्नसके ब्याज दर स्वतः घट्ने जानकारी दिए ।

त्यस्तै पर्सा सेवा केन्द्रका उद्धघाटन कार्यक्रमका सभापति तथा युनिक साकोसका कार्यसमिति सदस्य शुरेन्द्र नाथ रेग्मिले चितवन अझ त्यसमा पनि पूर्वी चितवनका मुख्य मुख्य ठाउमा सुेवा केन्द्र बिस्तार हुदा सदस्यहरुलाई सहजै कारोबार गर्ने बातावरण तयार भएको बताए ।

संस्थाका कार्यकारी प्रमुख मेघनाथ लामिछानाले नेपालीको आवाज डटकमसंग कुराकानी गर्दै भने “युनिक सहकारी समुदायमा आधारित भइ सन्चालन भईरहेकोले चितवन जिल्लाको अग्रणी, सबैभन्दा ठूलो कारोबार गर्ने संस्था भएको छ, जसको उदाहरण एउटै जिल्लामा ५ वटा सेवा केन्द्र बिस्तार हनु बाटनै पुष्टि गर्छ ।”

उनले हाल संस्थाले प्रदेश नं. ३ को भूमी ब्यबस्था तथा कृषि सहकारी मन्त्रालयको च. न. २५२३ को पत्रबाट मिती २०७६÷२÷१५ गते सेवा बिस्तारको लागि कालीका नगरपालिका र खैरहनी नगरपालिकामा पनि स्विकृत लिएर मात्र अगाडि बढेकोले निर्धक्क भएर युनिक साकोसमा कारोबार गर्न सम्पुर्ण शेयर सदस्यलाई आग्रह पनि गरे ।

लामिछानेले शुक्रबार खोलेसिमलमा आयोजना गरिएको सेवा केन्द्र बिस्तारको उद्धघाटन कार्यक्रमा सबैलाई संस्थाको बारेमा जानकारी दिदै युनिक बचत तथा ऋण सहकारी संस्था लि. सबल एंव उत्कृष्ट सामजिक सस्था एंव आर्थिक रुपमा प्रतिष्ठित अनुभवी सक्षम ब्यवसायीक ब्यक्तीहरुको नेतृत्व र ब्यबस्थापनमा सञ्चालन भईरहेकोले निश्चिन्त भएर कारोबार गर्न आग्रह पनि गरे ।

यस अघि संस्थाले जयमंगला, नारायनगढमा, पदमपुरमा सेवा केन्द्र बिस्तार गरिसकेको छ भने शुक्रबारबाट खोलेसिमल र पर्सामा पनि सदस्य सेवा केन्द्र सुरु गरेको हो । संस्थाले निकट भविष्यमा पिठुवा र सौराहामा पनि सेवा केन्द्र बिस्तार गर्ने र यहि वर्ष देखि नै एटिएम मेसिनको पनि ब्यवस्था गरिने जनाएको छ ।

बि.सं. २०६५ सालमा सुरुवात भएको साकारीमा हाल ७८२३ जना शेयर सदस्य रहेका छन् भने संस्थाको कुल सम्पत्ती १ अर्व ११ करोड २१ लाख ५१ हजार रहेको छ । हाल संस्थाको जगेडा कोषमा करिब ७ करोड ७५ लाख रहेको छ भने निकट भविष्यमै सहकारीले सौरहाचोक मेनरोडमा रहेको आफ्नै जग्गामा सुबिधा सम्पन्न ४ तले आधुनिक भवन निर्माण गरिसकेकोले टांडी कार्यालयबाट आफ्नै भवनमा सर्ने तयारीमा रहेको जनाएको छ ।






तपाईको प्रतिक्रिया