रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरका ७२ वर्षीय रामनारायण यादव र ७० वर्षीया खगना यादवको उनकै कान्छा छोरा गोरख यादवले हत्या गरेका छन् ।
२८ वर्षीय छोरा गोरख वृद्धा बुबाआमासँगै बस्दै आएका थिए । पाँच भाइमध्ये कान्छा गोरखले शुक्रबार अपरान्ह एक्कासी बुबाआमालाई खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा रुपन्देही प्रहरीले पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए।
गोरखले प्रहार गरेको धारिलो हतियार लागेर बुबाको घटनास्थलमै र आमाको उपचारको लागि युनिभर्सलक कलेज अफ मेडिकल साईन्सेज (युसीएमएस) रानीगाउँ भैरहवा पु¥याउने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
गोरखको आक्रमणमा परी उनका जेठा दाजु जोगेन्द्र यादव पनि घाइते भई युसीएमएस भैरहवामा उपचार गराइरहेका छन् ।