महेश पाण्डे
चितवन । चितवनको माडी मणि बन्दै गईरहेको छ । भरतपुर बाट करिब ४७ किमी पश्चिम चितवनको बाटो हुदै चितवन राष्ट्रिय निकुञ्जलाई छिचोल्दै यात्रा गरे पछि संभावनाको खानी माडी पुगिन्छ । चारैतिरबाट हरियाली र खोलै खोलाले घेरिएको ठाउँ हो माडी । केहि समय अघि मात्र बर्खाको समयमा माडी जाने कल्पना सम्म गर्दापनि आंग जिरीङ्ग हुने अवस्था थियो तर अहिले त्यो अवस्थाको अन्त्य भएको छ वा भनौ हुने अवस्थामा आईपुगेको छ ।
बर्खाको समयमा निकै समस्या ल्याउने रिउ खोलामा पुल बनीसकेपछि झन यात्रुलाई सहज भएको छ । अझ त्यसमा पनि माडीमा स्थानिय तह तथा प्रतिनिधी सभाको चुनावसंगै माडीबासीको जिवन स्तरनै बिस्तारै फेरिदै गइरहेको पहिला देखिनै माडीमा आउने र जाने गर्नेले सहजै अनुमान लगाउन सक्छन् ।
खासमा माडीमा नगरपालिका बनेपछि बिकासले गति लिएको माडी–३, बसन्तपुर बजारमा सुनचादी ब्यवसाय गरेर बिगत १९ बर्षदेखी बसिरहेका एम.कुमार ल्वागुनले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले केहि वर्ष अघि सम्म पनि माडीका बजार क्षेत्रमानै सानासाना काठले बनेका घरहरु रहेकोमा हालका दिनमा आएर पक्कि घरहरु प्रसस्तै बनिसकेको र कतिपय भने बन्ने क्रममा रहेसंगै बजारको स्वरुपनै फेरिएको बताए ।
ल्वागुनले हालका दिनमा माडीमा साधन श्रोत, निर्माण सामाग्री, बाटोघाटो, नहर पुलहरु निर्माण बढ्नुले पनि मानिसहरुको नजरमा माडी प्रतिको माया बढ्दै गएको बताए । उनले केहि वर्ष पहिले १० हजार धुर चलेको जग्गाको मुल्य हालका दिनमा भने यहि बिकासले गति लिएसंगै ६० हजार भन्दा माथी पुगेको बताए । हामीले यसको कारण माडीमा नगरपाली बन्नु मात्रै छ कि हरु पनि केहि कारण भनेर सोध्दा उनले भने “खासमा माडी नगरपालिकाले गरिरहेको कारणले त होनै तर पनि प्रचण्ड जस्तो नेता यो ठाउँमा उठेर बिजयी भएको कारणले गर्दा अब बिकास भैहाल्छ भन्ने सोचका कारणले गर्दा पनि जग्गाको मुल्य बढेको होे ।”
माडीमा बिकास निर्माणको कामले गति लिई सकेको र हाल माडीका ९ वटा खोलाहरुमा पुल निर्माण कार्य शुरु भईसकेको साथै ठाडा खोलामा दुबै तर्फ नेस जाली तटबन्ध गरिएको रेडीयो माडीका अध्यक्ष सुर्य पाठकले बताए । पाठकले मगई खोलामा करिब ५ करोडको तटबन्ध सम्पन्न भईसकेको बताउदै मुहान देखि पुच्छर सम्मनै तटबन्ध गरि सबै खोलाको पानी रिउ खोलामा मिसाईएको कारण बर्खा याममा बाढी आउने समस्याको लगभग अन्त्य भएको जानकरी दिए ।
खासमा माडी बिकास हुनुमा मुख्य कुरा माडी नगरपालिका र त्यहाका मेयर ठाकुर प्रसाद ढकालकोनै मुख्य भुमिका रहेको प्रष्ट बुझ्न सकिन्छ । माडीमा नगरपालिका बनेपछि हालका दिनमा नगरपालिकाले भवन निर्माण, असहय बिद्यार्थीहरुलाई छात्रावासको र निशुल्क पठनपाठनको ब्यवस्था, सहरी बिकास आयोजनाबाट माडीका भित्री सडकको पिच तथा हाल रहेका हुलाकी सडकको स्तरउन्नती गर्ने कार्यमा लागि रहेको छ । त्यस्तै अबको जेठ सम्ममा मुख्य बाटोको रुपमा रहेको माडीको बनकट्टा देखि बगई पोष्ट सम्मको बाटोलाई ७ मिटरको पिच निर्माण गर्नै सोचका साथमा नगरपालिका अगाडी बढिरहेको देखिन्छ ।
समग्रमा भन्दा बिकसाले गति लिदै गएको उदाहरण हो माडी क्षेत्रमा खुलेका बिभिन्न ब्यवसायका सोरुमहरु । हालका दिनमा माडीको बसन्तपुर क्षेत्रमा २०० भन्दा बढि सटरहरु सञ्चालनमा रहेका छन् भने बिभिन्न बैंकहरु, सोरुमहरु सञ्चालनमा आएका छन् । अझ रोचक कुरा त के छ भने हालका दिनमा माडी नगरपालीकाले शिक्षाको गुणस्तरमा सुधार गर्नकै लागि भनेर त्यहा रहेका शिक्षण संस्था मर्ज गरि हरेक स्कुलहरुलाई स्कुलबस बितरण गरेको छ ।
साच्चै बिकास गर्नुपर्छ भन्ने सोच राख्ने हो भने समय भने पक्कै लाग्दैन भन्ने उदाहरण हो माडी क्षेत्र । त्यसैले हामी भन्न सक्छौ माडी मणि बन्दै गईरहेको छ र सो क्षेत्रको भ्रमण गर्न सके तपाई हामीले धेरै कुरा सिक्न सक्छौ ।
र यो पनि…………
पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै चितवनको माडी, सोमेश्वर गढी बन्यो मुर्तिहरुको फुलबारी
चितवन । चितवनको माडी क्षेत्र पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गईरहेको छ । अझ त्यसमा पनि सोमेश्वर गढीमा मुर्तिहरुको फुलबारीनै बनेपछि त झन यसले आन्तरिक र बाह्य पर्यटक बढ्ने पक्का देखिन्छ । केहि समय अघि सम्म बिकासमा पछाडी परेको माडी क्षेत्र नगरपालिका बने पछि भने निकै अगाडि बढेको देखिन्छ । पहिला पहिला १, २ लाख पनि नपर्ने माडीको जग्गाको भाउ अहिले आकासीएको छ । यसबाट पनि हामी भन्न सक्छौ माडीको महत्व कसरी बढेको छ भनेर ।
माडी नगरपालिकाले सोमश्वर गढीलाई बिशेष प्राथमिकता दिदै १ अर्व ९ करोडको डिपीआरनै तयार पारि हाल कार्य अगाडि बढाई रहेको छ । यसबाट पनि नगरपालिका हालका दिनमा एतिहासीक र पर्यटकीए महत्व बोकेका ठाउलाई सबैमाझमा अझ आकर्षण ढङ्गबाट पस्कन खोज्दैछ भन्ने कुरा प्रष्ट हुन्छ ।
माडीको बारेमा जानकारी दिदै नगर प्रमुख ठाकुर प्रसाद ढकालले पर्यटन वर्ष २०२० लाई सफल बनाउन माडी पनि पर्यटकीय नगरि हो भनेर चिनाउन सो क्षेत्रमा रहेको सोमेश्वर गढी, बैकुण्ठ धाम, बादरमुडे, गोद्धक, शहिद पाल, त्रिवेणी धाम लागाएतका क्षेत्रलाई बिकास गर्ने योजना बनाई नगरपालिका अगाडि बढेको बताए ।
ढकालले धेरै ठाउँहरु माडीमा रहेतापनि सोमेश्वर गढीको महत्व अझ बिशेष खालको रहेकाले नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सो क्षेत्रमा रहेका ढुङ्गाहरुकोनै प्रयोग गरेर बिभिन्न मुर्तिहरु निर्माण गरिएको बताए । उनले सो क्षेत्रमा करिब ४८ वटा मुर्ति बनिसकेको जानकारी दिदै हरेक मुर्तिहरुले केहि न केहि नया र फरक अनुभुति दिलाउने खालको रहेको बताए ।
उनले हरेक मुर्ति हेर्दा कुनै मर्तिले धार्मीक सन्देश, कुनैले प्रेमको सन्देश, कुनैले राजनितिक सन्देश दिने खालको भएको र सो मुर्ति निर्माण कार्यका लागि देशकै चर्चित २८ जना मुर्तिकारहरुको उपस्थिती र मेहनतमा ति मुर्तिहरु निर्माण भएको जानकारी दिए । गत कार्तिक २३ गतेबाट मुर्ति बनाउने कार्य शुरु भई “सोमेश्वर गणि, मुर्तिको फुलबारि” नामक मुर्ति बनाउने काम मंसिर १० गते सकिएको ढकालले बताए ।
कालिका सोमेश्वर मन्दिर धार्मीक हिसावले निकै महत्व बोकेकको मन्दिर भएको बताउदै ढकालले सो मन्दिरमा गुरौ आदिवासी समुदायबाट पुजा गरिने गरेको र खासगरि खडेरी परेको बेला पानी पर्छ भन्ने धार्मीक बिश्वास पनि रहेको बताए ।
ढकालले सोमेश्वर गढीको एतिहासीक महत्वको बारेमा पनि जानकारी दिदै भने “बृटिसहरुले नेपाललाई आक्रमण गर्दा सोमेश्वर गढीबाट अभिमान सिं बस्नेतले बृटिसहरुसंग लडेर नेपालको रक्षा गरेका थिए त्यसैले पनि यो निकै महत्वपुर्ण एतिहासीक ठाँउ हो ।” उनले जन प्रनिनिधीहरु नरहेको अवस्थामा पहिला पहिला सोमेश्वर गणिमा रहेको ४५ नं. पिल्लर पनि भारतले मिचेको अवस्था रहेकोमा हालका दिनमा जनप्रतिनिधीहरु आईसकेपछि सो क्षेत्रमा नेपालीहरुको उपस्थिती पनि बढेको कारणले गर्दा पनि सो समस्या समाधान लगभग भईसकेको जानकारी दिए । उनले उक्त समयमा भारतीय सिमा सुरक्षा बलले सोमेश्वर गढीलाई पनि आफ्नो क्षेत्र हो भनि सोहि स्थानमा हुने पुजाको दान पेटिका पनि लाने गरेकोमा अहिले भने त्यसो हुने नगरेको र समस्या समाधानको दिसामा अगाडी बढेको बताए ।
ढकालले सिमा समस्या समाधान गर्न भारतको प्रथम तहको ब्यक्तिसंगनै सम्पर्क गरि उक्त बिषयमा कुराकानी गरेकोमा उनि सकारात्मक देखिएको बताए । उनले सिमा बिवाद फेरि नबल्झियोस भन्नका लागि ४५ नं. पिल्लर रहेको ठाउमा दुवै देशको झण्डा राख्ने मौखिक सहमती भएको र सहमति पछि अन्र्तराष्ट्रिय कानुन अनुसार ३० मिटर सम्मको ठाउँलाई खालि राखि अहिले सोमेश्वर गढदी क्षेत्रमा कार्य भईरहेको बताए ।
उनले सोहि क्षेत्र नजिकै नेपालको झण्डासंगसगै एतिहासीक ब्यक्तित्व अभिमान सिं बस्नेतको मुर्ति रहेनेगरि गोलघर पनि निर्माण गरिने जानकारी दिए । नेपाल र भारतको झण्डा राख्ने मौखिक सहमती पछि काम भएको र भारत तर्फको क्षेत्रमा पनि भारतिय नक्सा राख्ने मौखिक सहमती अनुसार सो कार्यको लागि भारतीय राजतुनै आउने जानकारी आफुले पाएको बताउदै समय भने निश्चित नभएको बताए ।
नेपालको मध्य भागमा रहेको चितवन अझ त्यसमा पनि चारैतिरबाट जंगलले घेरिएको माडीमा संभावनानै संभावना रहेको माडी नगरपालीकाका सुचना अधिकृत प्रविण भण्डारीले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले अब सो क्षेत्रको बिकासकालागि बिभिन्न कार्यक्रम गर्न लागेको र माघ १ गतेबाट खिचरा महोत्सब हुने जानकारी पनि दिए ।
ढुङ्गामा जिवन र जगत देखाउन आएका मुर्तिकार तथा नेपाल प्रज्ञा प्रतिष्ठान मुर्तिकला बिभाग प्रमुख लाल काजी लामाले अहिले बनाएको मुर्ति भविष्यमा सबैको लागि महत्वको बिषय हुने भएकाले र सामाजिक र आर्थीक हिसावले पनि केहि होस भनेर आफुहरु मुर्ति निर्माण गरेकोे बताए । उनले सोमेश्वर गणिमा बनाईएको मुर्तिहरु हेर्न नेपालीहरुको चहलपहल बढेपछि सिमा मिचिने समस्या पनि स्वतः हट्ने बिश्वास लिए ।
लामाले पुर्व मेचि देखि पश्चिम महाकाली सम्मका २८ जना मुर्तिकारहरुको उपस्थितीमा माडीमा मुर्तिहरु निर्माण भएको जानकारी पनि दिए । उनले सबै मुर्तिकारहरु एकै ठाउमा उभिदा सबैको खुबि हेर्न र एकले अर्कालाई चिन्न पनि सजिलो भएको बताए । लामाले आजको सभ्यतालाई कलाकारले आफ्नै ढङ्गबाट मुर्तिमा उतारेको बताउदै सो क्षेत्रमा ढुङ्गाहरु १७ फिट अग्लो, ९ फिट चौडाइ र ४ फिट गहिराईको देखि ३ फिट सम्मको उचाई भएको खालको रहेको बताए । उनले कलाकारहरु जसले जे आकृती ढुङ्गामा कोरेको छ त्यसको तल पट्टि कलाकारको नाम, मुर्तिको छोटो परिचय पनि रहेको बताए ।
समग्रमा मानिसहरुले पहिला पहिला देखे र सोचे जस्तो माडी भने अब रहेन भन्दा हुन्छ । किनकी बिकास निर्माणमा माडीले निकै फड्को मारि रहेको छ र मारिनै रहनेछ । हामी तपाईलाई पनि यतीमात्र भन्छौ माडीलाई नजिकबाट नियाल्नु छ भने पक्कै एक पटक भ्रमण भने अवस्य गर्नुहोला ।