चितवन । पूर्वी चितवनको पर्सामा ह्याङ्ग आउट रेष्टुरेन्टले आफ्नो सेवा सुरु गरेको छ । खैरहनी–८, पर्सामा रहेको म्याङ्गो जनज्योती हलको पहिलो तलामानै रेष्टुरेन्टले शुक्रबारबाट आफ्नो सेवा सुरु गरेको हो ।

सेवा सुरुवातसंगै रेष्टुरेन्टले मंसिर २६ गते सम्म आउने ग्राहकहरुलाई बशेष छुटको ब्यवस्था गरेको रेष्टुरेन्टका प्रबन्ध निर्देशक राकेश के.सी.ले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

उनले सेवा सुभारम्भ भएसंगै केहि न केहि नया पन दिनको लागि हाल काठमाण्डौमा फेमस बनेको मट्का चिया बिशेष आकर्षण रहेको बताउदै रेष्टुरेन्टमा भेज तथा नन भेज सम्पुर्ण खाजा खानाका परिकारको ब्यवस्था रहेको बताए ।

रेष्टुरेन्टका सञ्चालक समेत रहेका निकेश बरालले फिल्म हेर्न पनि पाईने साथै आफुलाई मनपर्ने जुनकुनै परिकार पनि पाईने भएकाले यसको फाईदा लिन सबैलाई आग्रह पनि गरे ।

उनले रेष्टुरेन्टमा आउनासाथ अन्य रेष्टुरेन्टको तुलनामा फरक डिजाईनका कारण फरक अनुभुती हने जानकारी दिदै हरहमेसा नया स्वाद र गुणस्तरीयतानै आफुहरुको लक्ष्य रहेको बताए ।

म्याङ्गो जनज्योती हलका अध्यक्ष सिव उप्रेतीले पूर्वी चितवनमानै पहिलो र एकमात्र हल म्याङ्गो हल भएकाले फिल्म हेर्न आउने ग्राहकको सहजतालाई पनि र गुणस्तरीयतालाई पनि मध्यनजर गर्दै नया सोचका साथमा ह्याङ्ग आउट रेष्टुरेन्ट आएकोमा खुसी ब्यक्त गर्दै यसको सेवाले सबैलाई सन्तुष्टी मिल्नेमा आफु बिश्वस्त रहेको बताए ।

तपाईको प्रतिक्रिया