चितवन । पूर्वीचितवनको राप्ती नगरपालिका–४ स्थित चेपाङ मार्गमा अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

चेपाङमार्गस्थित भित्री सडक खण्डमा चेपाङमार्गबाट चौकीडाँडातर्फ आउँदै गरेको ना-१-ह ६४०९ नं को अटो आफैँ अनियन्त्रित भई पल्टिँदा पाँच जनाको ज्यान गएको हो ।

सो दुर्घटनामा परी मृत्यु हुनेमा पर्वतको कुस्मा नगरपालिका पिपलटारी बस्ने ३५ वर्षीय श्यामप्रसाद तिवारी रहेका छन् । अन्य चार जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । सनाखत नहुनेमा तीन जना महिला रहेका छन् ।

उनीहरु सबैको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा शनिबार साँझ मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका एक पुरुषको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी चितवनले जनाएको छ ।

तपाईको प्रतिक्रिया