चितवन । चितवन उद्योग संघले चितवनका प्रमुख जिल्ला अधिकारीको सम्मान, महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत एवं गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका श्रमिकहरुलाई जाडोको कपडा र मानवसेवा आश्रमलाई आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका सभापति एवं चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले कार्यक्रमको उद्देश्य र चितवन उद्योग संघले अघि सारेका परियोजनाहरुको बारेमा प्रकाश पारे ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले चितवनले एक कुशल प्रमुख जिल्ला अधिकारीलाई बिदाइ गर्दा दुःखी र दक्ष प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्न पाएकोमा खुसी लागेको बताए ।

कार्यक्रममा चितवनको महŒवपूर्ण भूमिकामा रही शान्ति–सुरक्षा, अमनचयन एवं औद्योगिक क्षेत्रको सुरक्षा र उन्नयनमा अतुलनीय योगदानको उच्च कदर गर्दै भक्तपुर निवासी जितेन्द्र बस्नेतलाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।

त्यस्तै यसअघि भरतपुर महानगरको प्रमुख प्रशासकीय अधिकृतको रुपमा रही आफ्नो कार्य कुशलता प्रदान गरिसकेका र पुनः भरतपुर महानगरको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यआरम्भ गरेका प्रेमराज जोशीलाई स्वागत गरिएको थियो ।

यसैबीच, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका श्रमिकहरुलाई जाडोको कपडा हस्तान्तरण गरिएको छ । धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)लाई विभिन्न उद्योगहरुबाट सहयोगस्वरुप एकसय पाँच जोर ट्याकसुट प्रदान गरिएको थियो ।

त्यस्तै, अशक्त, अनाथ, अपाङ्ग, असाहय, मानसिक सन्तुलनसमेत गुमाएका व्यक्तिहरूको सेवा गर्ने उद्देश्यले सञ्चालित मानवसेवा आश्रमलाई संघले १ लाख ११ हजार १११ रुपैयाँको आश्रमकी महासचिव सुशीला केसी (रुपा)लाई हस्तान्तरण गरेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी, चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, चितवन उद्योग संघका गभर्निङ काउन्सिलका संयोजक हरिप्रसाद सुवेदी, संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, वरिष्ठ उपाध्यक्ष राजु पौडेललगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया