चितवन । चितवन उद्योग संघ रत्ननगर इकाइ समितिको आयोजनामा रत्ननगर इकाइ कार्यालय उद्घाटन गरिएको छ ।

साथै उद्योगहरुमा चितवनका सुरक्षा निकायका महŒवपूर्ण नम्बरसहितको औद्योगिक सुरक्षा स्टीकर टाँस तथा स्थानीय तहमा रहेका उद्योगहरुको यथार्थ वस्तुस्थितिको अवस्था पहिचान गर्ने उद्देश्यका साथ तथ्यांक अद्यावधिक अभियान–२०७६ को शुभारम्भ भएको छ ।

चितवन उद्योग संघका कार्यसमिति सदस्य एवं रत्ननगर इकाइ समितिका संयोजक गजेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन प्रमुख अतिथि रहेका थिए ।

कार्यालय उद्घाटनपछि बेल्सीचोक, चितवनमा रहेको रिजाल फुड्स एण्ड वेभरेज प्रालिबाट सुरक्षा निकायका महत्वपूर्ण नम्बरसहितको औद्योगिक सुरक्षा स्टीकर टाँस गरिएको थियो ।

कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, निवर्तमान अध्यक्ष भीमबहादुर पाण्डे, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, औद्योगिक सुरक्षा गुल्म नं २३ का सशस्त्र प्रहरी नायब उपरीक्षक विनोद खतिवडा, इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक भावेष रिमाललगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया