जनकपुर । जनकपुरमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत आज भएको कुस्ती खेलमा नेपाल पहिलो स्वर्ण पदक जित्दै इतिहास रच्न सफल भएको छ ।

सागमा जनकपुरमा जारी कुस्ती प्रतियोगितामा १९ वर्षीया सङ्गीता धामीले स्वर्ण जितेर इतिहास रचेकी छन् ।

पचपन्न किलो तौल समूहमा बङ्गलादेशकी सकिरा सरकाररिनेलाई ४–१ ले हराउँदै उनले स्वर्ण हात पारेकी हुन् । सागको कुस्तीमा नेपालको यो पहिलो स्वर्ण हो । यसअघि शुक्रबार नेपालले एक रजत र तीन कास्य पदक जितेको छ ।

जीतपछि खुशीको आँशु

जनकपुरमा जारी १३औँ दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत आज भएको कुस्ती खेलमा नेपालको इतिहास पहिलोपटक सङ्गीता धाँमीले स्वर्ण दिलाउँदा जीतपछि खुशीले आँशु थाम्न सकिनन् । उनले स्वर्ण जितेसँगै निकै भावुक भइन् र उनको आँखाबाट खुशीको आँशु झर्न थाल्यो ।
सङ्गीताका खुशीका आँशु झारेर नै रुन थालेपछि प्रशिक्षक र सहयोगीले सम्हालेका थिए । सङ्गीताको खुशीको आँशुले कवर्डहलमा उपस्थित दर्शक समेतलाई केही भावुक बनाइदियो ।

आज भएको ५५ केसी तौल समूहको प्रतिस्पर्धामा सङ्गीताले बङ्गलादेशी प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण जितेकी हुन् ।

सङ्गीताले बङ्गलादेशकी सकिरा सरकाररिनेलाई ४–१ अङ्कले पराजित गरेकी हुन् । स्वर्ण विजेता सङ्गीता पश्चिम महेन्द्रनगर निवासी हुन् । खेल मङ्सिर १५ गते उद्घाटन भएको जनकपुरमा भइरहेको सागको कुस्तीको समापन मङ्सिर २४ गते हुँदैछ ।

तपाईको प्रतिक्रिया