महेश पाण्डे
चितवन । रत्ननगर ८ नं.वडा कार्यालयले आफ्नै पक्कि भवन भनाउने भएको छ । भवन बनाउनको लागि चित्रसारी माविको साढे एक कठ्ठा जग्गामा ३ कोठे भवन निर्माण लागेको हो । सो भवनको शनिवार एक कार्यक्रमका बीच मेयर नारायण वन र उपमेयर विमला दुवाडीले सयुक्त रुपमा शिलान्यास गरे । स्थानीय तहको निर्वाचन भएको साढे २ बर्ष पछि वडा कार्यालयको नेपालीको आवाज डटकमलाई जानकारी दिए ।
शिलान्यास कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले कार्यालयको भवनसंगै भवनबाट प्रदान गरिने सेवा पनि प्रभावकारी हुनुपर्ने बताए । भवन राम्रो भएर सेवा राम्रो भएन भने त्यसको केहि अर्थ नहुने भन्दै उनले भने ”सबै भन्दा पहिला वडावासीलाई दिइने सेवा सहज र सरल हुनुपर्छ ।”
वनले अब नगरपालिकाले चाडैनै कागज बिहिन वडाको रुपमा वडालाई बिकास गर्न लागेको जानकारी दिदै ई पेपरको माध्यमबाट वडामा अर्को वर्ष देखि काम हुने कुरा ब्यक्त गरे । अर्को प्रशंगमा उनले वडा नं ८ को विकासका लागि नजिकैको सौराहासंग जोडेर पर्यटकीय गतिविधि सञ्चालन गर्ने योजनामा नगरपालिका रहेको पनि बताए ।
कार्यक्रममा बिशिष्ट अतिथि रहेकी रत्ननगर नगरपालिकाककी उपमेयर विमला दुवाडीले अबको दुई बर्ष भित्र १६ वटै वडाको आफ्नै भवन हुने दावी गरिन । उनले सबै वडामा कार्यालय बनाउने हामीले संकल्प गरेका छौं भन्दै दुई बर्ष भित्र त्यो पुरा हुने बताइन । दुवाडीले अबको अर्को स्थानीय तहको निर्वाचनमा आउने जन प्रतिनिधीले सिधै गएर कुर्चीमा बस्ने वातावरणको सिर्जना गर्न आफुहरु लागि परेको पनि बताईन ।
जिल्ला समन्वय समितिको ३५ लाख र रत्ननगर नगरपालिकाको २३ लाख ३५ हजार गरी ५८ लाख ३५ हजारको लागतमा कार्यालयको भवन निर्माण सुरु गरिएको वडा सचिव खगनाथ पराजुलीले जानकारी दिए ।
वडा अध्यक्ष बस्नेतको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्रिनारायण शर्मा, वडा सदस्य गोकर्णकुमारी महतो,चित्रसेन टोल विकास संस्थाका अध्यक्ष प्रेमप्रसाद थपलिया, चित्रसारी माविका प्रधानाध्यापक सुर्यप्रसाद लामिछाने, वडा स्तरीय मेलमिलाप समितिका संयोजक मोहन प्रसाद अधिकारी, नेपाली काँग्रेसका वडा सभापति शिवप्रसाद आचार्य लगायतले मन्तव्य राखेका थिए ।