रवि रोषी
रत्ननगर नगरपालिकालाई वातावरण मैत्री नगर बनाउन माता कंकाली माई उधोग प्रा.लि. नागार्जुन काठमाण्डौं र दिगो फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्था लि. विच क्लिन सिटी अफ अमेरिकाकी प्रतिनिधी टेलर स्मिथको उपस्थितीमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
रत्ननगर नगरपालिकाका १६ ओटै वडाको फोहोर व्यवस्थापन गर्ने जिम्मा पाएको माता कंकाली माई उधोग प्रा.लि. ले नितान्त व्यवशायिक समुन्नत सोच मात्र नराखी समग्र नगरपालिकालाई नै परिष्कार राखी बातावरण मैत्री बनाउने उधेश्यले अघि वढेको साझेदार कम्पनीसंग दिगो फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्था लि. पनि सहकार्यताका साथ अधि बढ्न तयार भएको कुरा दिगोका अध्यक्ष ध्रुव गिरीले बताए ।
सोही क्रममा रत्ननगर नगरपालिकाका हर घरबाट उत्पादन हुने फोहोरजन्य वस्तु उठाउनु र निश्चित क्षेत्रमा लगेर फाल्नु मात्र सरसफाई गर्ने संस्थाको सफलता होइन भन्ने मान्यता अनुरुप घरबाट उत्पादन भएका फोहोरमैला घरकै लागि पुनः प्रयोजनमा ल्याउन १६ ओटै वडाको वडाअध्यक्ष र टोल विकास संस्थाको समन्वयतामा हरेक वडामा व्यवहारिक प्राविधिक प्रशिक्षण, सरसफाई सम्बन्धी चेतनामूलक सडक नाटक लगायतका अभियानमा माता कंकाली माई उधोग प्रा.लि. संगको समन्वयता र सहकार्यतामा हातेमालो गर्दै अधि बढ्ने उधेश्य रहेको क्लिन सिटी अफ अमेरिकाकी प्रतिनिधी स्मिथ र दिगोका अध्यक्ष गिरीले संयुक्त अभियानका बारेमा व्यक्त गर्नुभयो ।
सोही क्रममा अध्यक्ष गिरी तथा क्लिन सिटी अफ अमेरिकाकी प्रतिनिधी स्मिथले रत्ननगर नगरपालिकाले विगत दशकौं देखि प्रयोगमा आउँदै गरेको वरण्डाभार जंगलको निकटवर्ती क्षेत्रको पञ्चकन्या सामुदायकि वन भित्रको ल्याण्ड फिल साईटको दारुण अवस्था, वन्यजन्तुको सुरक्षित वासस्थान माथिको अतिक्रमण र प्राकृतिक रुपमा वन्यजन्तुको सुरक्षण नीतिको वारेमा पनि गम्भीर रहेको बताउनुभयो ।
ल्याण्डफिल साइटको वातावरणीय दुष्प्रभावलाई न्युनीकरण कसरी गर्न सकिन्छ भन्ने ध्यान पुर्याउन नसकेको विगतको कार्य अव्यवस्थाको अवैज्ञानिक कार्यशैलीलाई आफ्नो संस्थाले गम्भीर रुपमा लिएको र ल्याण्डफिल साइटलाई अन्तर्राष्ट्रिय मापदण्ड स्तरको वैज्ञानिक प्रविधी प्रयोग गर्नुको साथै अन्य आवश्यक पर्ने आर्थिक, भौतिक सहयोग गर्न पनि आफु तत्पर रहनुको साथै प्रविधी हस्तान्तरण गर्न पनि संस्था तयार रहेको बताउनुभयो ।
द्धिपक्षिय समझदारी पत्रमा माता कंकाली माई उधोग प्रा.लि.का तर्फबाट सागर रावल र दिगो फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्था लि.का अध्यक्ष वीच हस्ताक्षर गरी सम्झौतापत्र आदानप्रदान गरिएको थियो ।