महेश पाण्डे
चितवन । भरतपुरका २६ वर्षीय युवाको हत्या गरी शव गाड्ने चार अभियुक्त सार्वजनिक भएका छन् ।
मंसिर १५ गते भरतपुरका २६ वर्षीय युवाको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको थियो । हत्या हुनेमा भरतपुर महानगरपालिका वडा नं. २७, पर्साढाप (अन्जना घोल) का अबिनाश महत्तो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
प्रहरीका अनुसार गत मंसिर १२ गते राति करिब ९—१० बजेको बिचमा महत्तोको हत्या भएको हो । हत्या गरेको आरोपमा प्रहरीले मंसिर २१ गते ४ आरोपितहरुलाई पक्राउ गरिसकेको छ । पक्राउ परेकाहरुले हत्या पनि स्वीकार गरिसकेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरुमा पर्साढाप बस्ने २६ वर्षीय दिपेन्द्र महत्तो, २७ वर्षीय कुमार महत्तो, २५ वर्षीय बिनोद कुमार महत्तो र २० वर्षीय बिजय महत्तो रहेका छन् ।
हत्याको कारण एक जना १७ वर्षीया युवतीसंगको सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको तर नाम भने बालीका भएको कारणले गर्दा गोपनीय राखिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले हत्याराहरु उक्त बालिकाको आफन्त भएको कारणले गर्दा हत्या आवेगमा आएर वा नियतबस के कारणले भएको हो त्यो भने खुल्न बांकी रहेको जानकारी दिएको छ । सबैलाई ५ दिनको म्याद थपि गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दान बहादुर मल्लका अनुसार हत्या १२ गते भएको भएपनि १३ गते महत्तो हराएको सुचना प्रहरीलाई आएको बताए । उनले उक्त दिन उप निर्वाचन भएको भएतापनि प्रहरी सोहि दिन देखी महत्तोको खोजिका लागि लागि परेको बताए ।
मल्लले मंसिर १५ गते स्थानीयले मृतकको घर आसपासको एरियामा केहि भाग गाडीएको र केहि भाग देखिएको अवस्थामा सव देखिएको भन्ने जानकारी दिए पस्चात प्रहरी स्वही ठाउमा पुगी सवलाई निकाली पोष्टमार्टम गरेको जानकारी दिए । उनले सो अनुसन्धान कार्यको लागि मुद्धा शाखाका प्रहरी निरीक्षक बिरेन्द्र गुरुङ्गको नेतृत्वमा प्रहरी परिचालन भई अपराधी पक्राउ गर्न सफल भएको जानकरी दिए ।
जिल्ला प्रहरी कार्यालयकाका प्रवक्ता प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालाले सुरुमा त्यहिका केहि स्थानीयले प्रहरीलाई मिस गाईड गरेको भएपनि पछि मृतक महत्तोको मोबाईल फेला परेपछि कल डिटेल र बिस्तृत अध्ययन पश्चात प्रहरीले अपराधीलाई पक्राउन गर्न सफल भएको बताए ।