महेश पाण्डे
चितवन । अदालतको फैसलापछि पनि फरार रहेका अपराधीहरुको खोजिमा चितवन प्रहरी लागि परेको छ । गत जेठ १५ यता ७८ जना त्यस्ता अपराधी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दान बहादुर मल्लले आईतबार भरतपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिए । उनले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा ७५ जना पुरुष र ३ जना महिला रहेका छन । उनले हालका दिनमा नागरिक साझेदारी प्रहरी कार्यालयसंग समन्वय गरि अपराधीहरु धमाधम पक्राउ गर्दै प्रहरी अगाडी बढेको जानकारी दिए ।

मल्लले अदालतले फैसला गरेर सजाय तोकेपनि देशभरीबाट फरार भई चितवनमा लुकिछिपी बस्नेहरुको खेजि अभियान तिब्र पारिएको जानकारी दिदै कोही अपराधी अब प्रहरीबाट उम्कन नसक्ने बताए । उनले आफु गत जेठ १५ गते चितवन प्रहरी प्रमुखको जिम्बेवारीमा आए पश्चात् अपरेशन क्लिन चितवन अभियाननै चलाएर अपराधीहरुको खोजि कार्य तिब्र बनाएको जनाउदै यस अवधीमा २६८४ जना पक्राउ गरिएको बताए । उनले पक्राउ परेका मध्य ४४६ जनालाई मुद्धा चलाईएको, ४१३ जनालाई अभद्र ब्यवहारमा कारर्वाही गरिएको र १७४७ जनालाई सम्झाई बुझाई गरि पठाईएको जानकारी दिए ।
कानुन पालना गराउन र सेवा दिन कुनैपनि हालतमा पछि नपर्ने बताउदै मल्लले यदि कुनै प्रहरीले आफैलेनै अपराध गरेको भएपनि नछोड्ने प्रतिक्रिया दिए । उनले जिल्लाको शान्ति शुरक्षा भड्कीन नदिन आफु तल्लीन रहेको बताए ।
मल्ल चितवनमा आए पश्चात रङ्गशाला काण्ड, रबि लामिछाने काण्ड भईसकेका छने भने सिएमसी काण्ड भने चलिनै रहेकोछ ।

तपाईको प्रतिक्रिया